‘हाम्रै ठाँउका नेतालाई भोट दिने हो, शरणार्थीलाई होइन’

घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा कांग्रेसको वृहत चुनावी सभा भएको छ । क्षेत्र नम्बर २ को प्रचारप्रसार समितिले सैघामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा सयौँको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले यस क्षेत्रको विकासका लागि कांग्रेसले जित्न आवश्यक भएको बताएका थिए ।

उनीहरूले सैघाको हरेक विकास कांग्रेसका कारण भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएका विकासप्रेमी नेताहरुलाई विजयी बनाउने बताए ।

‘सैघाको विकासकालागि कांग्रेसले योजना ल्याएर यस क्षेत्रको मुहार फेरिदिएको छ’, सहभागी फुर्सी पुनले भनिन, ‘हामीलाई विकास दिने नेता चाहिएको छ त्यसैले कांग्रेसलाई भोट दिने हो ।’ उनले पहिलेदेखि नै यस क्षेत्रका जनताहरूको दुःखसुःखमा कांग्रेसले साथ दिएको भन्दै अब पनि कांग्रेले नै जित्न आवश्यक भएको बताइन् ।

६५ वर्षीय आइते धामीले पनि विकास दिने र आफूलाई सधै दुःखसुःखमा साथ दिने नेता चाहिएको बताए । ‘हामलाई अरु केही चाहिएको छैन, सबै शान्ति, सुःखसँग बाच्न पाइयोस् बाटो राम्रो होस् केटाकेटीले पढ्न पाउन्, सफा पानी खान पाइयोस्’, आइतेले भने, ‘भोट माग्न आउने पछि हामीलाई नचिन्ने नेता के काम ।’

कार्यक्रममा बोल्दै कांग्रेसका पूर्व जिल्ला सभापति वीरकेश्वरी गौतमले लोकतन्त्रको रक्षाका लागि कांग्रेस लागि परेको बताए ।

दाङ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजु खनालले सैघाको विकासका लागि आफ्नो महत्वपूर्ण भूमिका भएको बताए । उनले आगमी दिनमा पनि विकासका योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

उनले दुईखोली, पेदा, राम्चे हुँदै सैघा सडकखण्ड ५ वर्षमा कालोपत्रे गर्ने प्रतिवद्धता जनाए ।

Published : Saturday, 2017 November 25, 9:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया