दाङमा एमालेका कार्यकर्ताद्वारा हतियार प्रदर्शन, मतदाता आतंकित

तुलसीपुर । निर्वाचनको प्रचार प्रचारमा रहेकै बेला एमाले कार्यकर्ताहरूले तरवार र खुकुरी देखाउँदै मतदातालाई आतंकित पार्न थालेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

एमालेले दाङ निर्वाचन क्षेत्र नं. ३ का आफ्ना उम्मेदवारहरूलाई जिताउन युवाहरू परिचालन गरेर शहर र गाउँलाई आतंकित बनाउन सुरु गरेको कांग्रेसले दाबी गरेको हो ।

शनिबार दिनदहाडै एमालेको प्रचार ब्यानर टाँसिएको गाडी प्रयोग गरेर तुलसीपुर बजार क्षेत्रमा हतियारहरू देखाउँदै आतंक मच्चाइएको जनाइएको छ ।

एमाले कार्यकर्ताका यस्तो कार्य देखेपछि सर्वसाधारण मतदाताहरू आतंकित भएका छन् । उनीहरूले सुरक्षाको माग समेत गरेका छन् ।

कांग्रेस दाङले जनाएका अनुसार दिउँसै एमाले कार्यकर्ताहरूले तरवाल र खुकुरी नचाएर आतंकित बनाएका हुन् ।

एमालेको चुनाव प्रचारमा प्रयोग गरेको गाडीबाट दुई वटा तरवार निकालेर सर्वसाधारणलाई तर्साउने गरी हतियार प्रदर्शन गरेको कांग्रेसले आरोप लगाएको छ ।

Published : Saturday, 2017 November 25, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया