विवादित छविकी नम्रता रुचाइएकी नायिका

काठमाडौं । नायिका नम्रता श्रेष्ठको ‘पर्व’ फ्लप भएपछि दिनेश राउतलाई लिएर ‘टकिला सनराइज’ बनाउने चर्चा थियो । यसका लागि उनले बलिउडका आदित्य नारायण झासँग पनि कुरा पुर्‍याएकी थिइन् ।

आदित्यले चासो दिएनन् । त्यसयता त्यो फिल्म सेलायो । त्यसपछि बीचमा दिनेश राउतले नै नम्रता र विपिन कार्कीलाई लिएर अर्को फिल्म बनाउने चर्चा थियो । त्यो काम पनि अपेक्षाकृत रुपमा अगाडि बढ्नसकेन ।

किनकि यो फिल्मको तयारी गर्नुको साटो दिनेशले ‘भैरवी’मा ज्यादा ध्यान दिएका छन् । यही बीचमा विपिनलाई ‘फनफनी’ टिमले १८ लाखमा साइन गरेको छ यो वापत् उनले एक वर्षका लागि अरु कसैको फिल्म गर्न नपाउने शर्त राखेको चर्चा छ ।

यस्तो हो भने नम्रता र विपिनको जोडी कम्तीमा एक वर्षका लागि पर सरेको छ । विभिन्न स्क्यान्डलका बावजुद नम्रता दर्शकले रुचाएकी अभिनेत्री हुन् ।

Published : Thursday, 2017 November 23, 12:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया