भोजपुरमा कम्युनिष्ट ‘किल्ला’ भत्काइदिने, उमेशजंगले सम्हाले ‘कमाण्ड’

भोजपुर । पहिलो चरणको निर्वाचन हुने जिल्लामा परेको भोजपुरमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मीले बढेको छ ।

भोजपुर जिल्लामा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीचको तीव्र प्रतिस्पर्धाबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार बनेका नेपाली कांग्रेसका उमेशजंग रायमाझीले बाम गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका सुदन किराँतीलाई केही समयदेखि पछाडि पारेका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका उमेशजंग रायामाझी प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरमका आजम्बर काङमाङ राई र प्रदेशसभा ‘ख’मा कांग्रेसका गोविन्दबहादुर कार्की चुनावी मैदानमा उतारेको छ ।

बाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा ‘क’ मा एमालेका राजेन्द्र राई र प्रदेशसभा ‘ख’ मा एमालेकै शेरधन राई चुनावी मैदानमा उत्रएका छन् ।

स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनभन्दा बाम गठबन्धन अघि देखिन्छ । ९ स्थानीय तह रहेको भोजपुरमा ४–४ स्थानीय तहमा कांग्रेस र एमाले विजयी भएका थिए । यस्तै १ स्थानीय तहमा भने माओवादी विजयी भएको थियो ।

यस अगाडिका आम निर्वाचनमा एमालको वर्चश्व रहँदै आएको जिल्लामा बाम तालमेलका नाममा माओवादी केन्द्रका उम्मेद्वारलाई बोक्नु परेको हुनाले एमालेको जिल्ला र स्थानीय नेतृत्व रुष्ट बनेको देखिन्छ ।

यसको प्रभाव कार्यकर्ता परिचालनमा देखिइसकेको छ भने मतदानमा पनि यसको प्रभाव पर्ने बामपन्थी कार्यकर्ताहरूको भनाई रहेको छ ।

कूल १ लाख १३ हजार मतदाता रहेको भोजपुरमा प्रतिनिधिसभामा रायामाझी र किरातीबीच कडा टक्कर भएपनि झिनो मतअन्तरले रामाझी विजयी हुने आँकलन गरिएको छ ।

निष्ठाको राजनीति गर्ने इमान्दार र हक्कि स्वभावका रायामाझीप्रति नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनको मात्र हैन, तटस्थ र परिवर्तनशील मतदाताहरुको मत समेत पर्ने देखिएको छ ।

किरातीको अराजकता र शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि अपराधिक गतिविधिमा नाम जोडिएकाले पनि किरातिले चुनाव जित्दैनन्,’ एक तटस्थ बुद्धिजीवीले दावी गर्नुभयो, ‘जनतालाई इमान्दार जनप्रतिनिधि चाहिएको छ । त्यसैले पनि रामाझीको जित निश्चित छ ।’

यता बाम गठबन्धनका नेताहरुले भने भोजपुरमा बामपन्थीको जनाधार बलियो भएको बताइरहेका छन् ।

प्रदेशसभा ‘क’मा अजम्बर र राजेन्द्रको कडा टक्करबीच अजम्बर उम्किने प्रदेशसभा ‘ख’मा हुने रोचक प्रतिस्पर्धाबीच लोकतान्त्रिक गठबन्धनका कार्की बिजयमाला पहिरिन सक्ने दावी स्थानीय बुद्धिजीवीहरुले गरेका छन् ।

Published : Wednesday, 2017 November 22, 5:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया