यसरी रोकेको थियो एमालेले अरुण तेस्रो जलविद्युत्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चुनावको मुखमा ठूलोठूला सपना बाँडेका छन् । उनले मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा चाहिँ भनेका छैनन् ।

ओलीले नेपाली कांग्रेसले तयार पारेको संरचनामा बसेर विकास गर्ने सपना देखिरहेका छन् । तर, उनकै एमालेले अरुण तेस्रो जस्तो ठूलो जलविद्युत् आयोना रोकेको कुरा भुलेका छन् । अरुण तेस्रो समयमा बनेको भए नेपालको विकास धेरै अगाडि बढ्ने थियो ।

नेपालले चरम लोडसेडिङको अवस्था पनि भोग्नुपर्ने थिएन । अरुण तेस्रो जलविद्युत आयोजना किन बनेन भनी एमाले र केपी ओलीसहितका नेताहरूले विचार गर्न सक्छन् ? भनेर कांग्रेसका नेताहरूले प्रश्न बेलाबेला गरिरहन्छन् ।

एमालेका कारण अरुण तेस्रोमा लगानी गर्नबाट विश्व बैंकले हात झिकेको थियो । विदेशीहरूको उक्साहटमा अरुण तेस्रो रोक्न एमालेको ठूलो भूमिका छ । फेरि पनि नेपाली कांग्रेसले नौ सय मेगावाटको अरुण तेस्रोतको कामको सुरुवात गरेको छ । तर, एमाले खुसी छैन ।

Published : Wednesday, 2017 November 22, 5:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया