घोराहीमा कांग्रेसको पञ्चेबाजासहित घरदैलो

घोराही । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू घोराही बजारका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् । कम्युनिष्टहरूको गठबन्धनलाई चुनौती दिने गरेर कांग्रेसले चुनावी अभियान चलाएको हो ।

नेपाली कांग्रेस तर्फबाट प्रतिनिधी सभा उम्मेदवार राजु खनाल र प्रदेश सभा सदस्यका उम्मेदवार कमल किशोर घिमिरेले घोराही उपमहानगरपालिका वडा नम्बर १५ को भरतपुर क्षेत्रमा बुधबार घरदैलो गरेका छन् ।

कांग्रेसका उम्मेदवारहरूले उन्नतीनगर टोलमा ग्रहशान्ति गर्दै जितको कामना सहित पूजापाठ गरेर घरदैलो गरेका हुन् । भरतपुर क्षेत्रको उन्नतीनगर टोल, अन्नपूर्ण टोल, तल्लो भरतपुर, दाङ भ्याली कजेट आसपास, भीमसेन टोल, गणेश टोल, राप्ती टोल लगायत विभिन्न स्थानमा कांग्रेसका उम्मेदवारहरूले घररदैलो गरेका छन् । पञ्चेवाजा सहित कांग्रेसका उम्मेदवारहरूले घरदैलो गरेको दाङ कांग्रेसले जनाएको छ ।

मतदाताहरूले दाङको विकासका लागि धेरै योजनाहरू ल्याएको भन्दै खनालसहितका कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने आश्वासन दिएका छन् ।

Published : Wednesday, 2017 November 22, 3:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया