दाङ २ मा कांग्रेसको पक्षमा एकाएक जनलहर बढ्यो

घोराही । दाङको क्षेत्र नम्बर २ मा कांग्रेसले चुनावी कार्यक्रमलाई गाँउ केन्द्रित गरेको छ ।

प्रतिनिधी सभाका उम्मेदवार राजु खनाल, प्रदेश सभाका उम्मेदवारद्वय कमल किशोर घिमिरे र भरतबहादुर न्यौपानेसहितका उमेदवारहरूले विभिन्न गाँउमा पुगेर मतदाताहरूलाई कांग्रेसको एजेण्डाबारे प्रस्ट्याएका छन् ।

उनीहरूले मतदाता समक्ष कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसको कार्यान्वयन एवम् विकासका लागि कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न मतदाताहरू समक्ष आग्रह गरेका हुन् ।

कांग्रेसका नेता तथा प्रतिनिधी सभा उम्मेदवार खनालले नयाँ संविधान जारी भइसकेकाले अब आफूहरू दाङलाई समृद्ध बनाउन सक्रिय हुने बताए । उनले लोकतन्त्र र संविधानको रक्षा गर्न कांग्रेसको जित अनिवार्य रहेको बताए ।

खनाल र न्यौपानेले सोमबार मानपुर, जिनुवागाँउ, प्रिपहवा, फचकलुवा, बैचरपुर, लक्ष्मीपुर, टिक्रा लहलौरा, भेलाही, बघौसी, जमेरा, बनकट्टा लगायतका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग भेटघाट गरेका छन् । उनीहरूले यी स्थानमा भएका चुनावी कार्यक्रमहरूमा कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेका थिए ।

प्रदेश सभाका उम्मेदवार कमलकिशोर घिमिरेले घोराही उपमहानगरपालिकाको वडा नम्बर १७ का विभिन्न स्थानमा सोमबार घरदैलो गरेका छन् । घिमिरे दाङमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
खनाल र घिमिरेले सोमबार नै घोराही उपमहानगरपालिका वडा नम्बर १५ को कपासीबगिया क्षेत्रमा समेत घरदैलो गरेका छन् ।

महिला संघको घरदैलो जारी

यसैबीच, नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन महिला संघले सुरु गरेको घरदैलो कार्यक्रम सोमबार पनि जारी छ । संघले घरदैलो कार्यक्रमलाई तीव्र बनाएर लगेका छन् । यस क्षेत्रका विभिन्न स्थानमा संघले घरदैलो गरिरहेको छ ।

महिला संघले आइतबार घोराही उपमहानगरपालिका वडा नम्बर १७ को विभिन्न स्थानमा घरदैलो गरेको थियो । सोमबार घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ मा घरदैलो गरिएको छ । समानुपातिक उम्मेदवार सावित्रा रानाको नेतृत्वमा घरदैलो भएको थियो ।

Published : Monday, 2017 November 20, 8:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया