कांग्रेस उम्मेदवार भरत न्यौपाने, जो जितको पर्खाइमा छन्
घोराही । वुवा राजनीतिक पृष्ठभूमिमा रहेकाले भरत न्यौपानेलाई राजतीनि बुझ्न खासै गाह्रो भएन । वि.स.२०२६ सालबाट सक्रिय राजनीति सुरु गरे न्यौपानेले । उनी नेपाली कांग्रेसका अग्रज नेतामध्ये एक हुन् । दाङमा पुराना नेतामध्येमा पर्छन न्यौपाने ।
२०२६ सालदेखि अनवरत कांग्रेसमा होमिएका न्यौपानेले ०३६ सालमा भएको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । कांग्रेसको महाधिवेशनमा धेरै पटक प्रतिनिधी भएर सहभागी भएको अनुभव छ ।
०५१ सालमा नेपाली काग्रेसको क्षेत्रीय सभापति भएर काम गरेका न्यौपाने सभापति हुँदा देशको संक्रमणकालीन अवस्थामा पनि कांग्रेसको नेतृत्व गरिरहे । जिल्ला कार्यसमितिको पनि जिम्मेवार पदमा बसेर न्यौपानेले काम गरेका । उनी कांग्रेस भएकै कारण धेरैपटक विभिन्न पक्षबाट जोखिममा परे तर, कहिले पनि पछि हटेनन् । उनी सधै सत्यको पक्षमा भएर जिम्मेवारी सम्हाले ।
न्यौपानेलाई ०५० सालमा एमालेको अराजक समूहले सांघातिक आक्रमण गरेको थियो । उनको लामो उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो । तत्कालीन समयमा माओवादीले जनयुद्धको समयमा सुराकीको आरोपमा अपहरण पनि गरेको थियो । उनी त्यो समयमा पटक–पटक अपरहणमा परिरहे । न्यौपानलाई धेरै समयमा माओवादीले यातना दिएको थियो । माओवादीको प्रतिकार गरेर निडर न्यौपानेले कहिल्यै घर त्यागेनन् ।
उनका वुवा जुद्धबहादुर न्यौपाने कांग्रेसका संस्थापक नेता हुन् । उनी प्राजातान्त्रिक सेनानीको रुपमा पनि परिचित छन् ।
धैर्यता र ईमान्दारिताका प्रतिक न्यौपाने यसपटक कांग्रेसबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् । बनारसको हिन्दू विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका न्यौपाने शालीन नेतामा परिचित छन् । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘२’ बाट प्रदेश सभा सदस्यको उमेदवार बनेका न्यौपाने यसपटकको निर्वाचनमा विजयी हासिल गर्ने दावी गर्छन् ।
न्यौपानेको घर घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर हो । उनी हापुरका लोकप्रिय नेता हुन् । न्यौपाने थारु समुदायसँग नजिकको सम्बन्ध राख्छन् । उनी विशेष गरी थारु समुदायमा भिजेका व्यक्ति हुन् ।
‘म विजयी भएपनि नभएपनि सधै स्थानीयको हितमा काम गर्न ध्यान केन्द्रित गर्नेछु’, न्यौपानेले भने । तर, उनले आफूलाई मतदाताहरूले विजयी गराएर छाड्ने बताए । ‘मेरो जित सुनिश्चित छ’, उनले भने ।
यसमा तपाइको मत