साम्प्रदायिक पार्टी एमालेले विभाजन ल्यायो : कांग्रेस नेता यादव

धनुषा । खानेपानी तथा सरसफाइमन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं ४ नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मधेशी जनता र मधेशको हित चाहने पार्टी कांग्रेस मात्र भएको बताएका छन् ।

निर्वाचन क्षेत्र नं ४ अन्तर्गत पर्ने तुलसी र बडहरीमा आयोजित कांग्रेसको कार्यक्रमलार्इ सम्बोधन गर्दैे यादवले संविधान संशोधनमार्फत मधेशलार्इ अधिकार सम्पन्न बनाउने कार्यको नेतृत्व कांग्रेसले नै लिएको बताए ।

उनले एमालेको असहयोगका कारण मधेशी जनताको भावना अनुरुपको संविधान संशोधनको प्रयास सफल हुन नसकेको बताए । उनले निर्वाचनपछि बन्ने कांग्रेसको नेतृत्वले बाँकी जिम्मेवारी पूरा गर्नै बताए ।

कांग्रेस नेता यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने एमालेले राष्ट्रवादका नाममा विभिन्न भागमा बस्ने र विभिन्न सम्प्रदायका नेपाली बीचमा विभेद सिर्जना गर्न खोजेको बताए । नहाँले नेपाली जनतालाई विभाजन गर्ने एमाले प्रवृतीलाई यो चुनावबाट परास्त गर्नुपर्ने बताए ।

कार्यक्रममा एमाले, माओवादीका दर्जनौ नेता कार्यकर्ता सहित करिब ४ सय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

Published : Monday, 2017 November 20, 5:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया