शीतल निवासबाट एमाले–माओवादीलाई भोट माग्दै

विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा राजनीतिक दलहरू आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।

राजनितिक दलहरू आफ्नो पक्षमा मत माग्न लाग्नु स्वभाविकै पनि हो । आफ्नो पक्षमा जनमत सिर्जना गर्नु र सरकारमा जाने यत्न गर्नु दलहरूको धर्म पनि हो ।

तर, राजनीतिक दलभन्दामाथि रहेको संस्थाका प्रमुख अर्थात राष्ट्रपति भने चुनावी जोड घटाउमा लाग्ने कुरा भने नेपालको संविधानले अस्पीकार गरेको कुरा हो ।

राष्ट्रपति बनेसँगै विगतमा जुन पार्टीबाट राजनीति गरेपनि देशकै अभिभावकीय नेतृत्व लिएका कारण त्यसबाट पर रहनु यो नैतिक वन्धनमा पर्छ । त्यहि वन्धनमा रहन नै पार्टीगत भूमिकाबाट राष्ट्रपति अलग रहने परम्परा रहँदै आएको छ ।

यतिखेर शीतल निवासमा रहि देशकै नेतृत्व गरिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारी चुनावी जोडघटाउमा सक्रिय हुँदा राष्ट्रपति पदको तटस्थतामा आशंका उत्पन्न हुन थालेको छ । राष्ट्रपति भण्डारीलाई किन चुनावले यतिविघ्न छोयो धेरैले प्रश्न गर्न थालेका छन् ।

दोस्रो चरणमा चुनाव हुने मोरङका विभिन्न क्षेत्रमा यतिखेर शीतल निवासबाट जाने गरेका टेलिफोनको चर्चा हुन थालेको छ । शीतल निवासबाट यतिखेर चुनावको चासो लिनुभन्दा पनि एमालेका उमेद्वारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर कतै निर्देशनको शैलीमा त कतै आग्रह गर्दै फोन जान थालेको हो ।

छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा बाम गठबन्धनको स्थिति कमजोर भएका एमाले–माओवादी गठवन्धनको बुझाइपछि एमालेको पक्षमा माहौल बनाउन स्वयं राष्ट्रपति भण्डारी सक्रिय हुनु परेको स्रोतको भनाइ छ ।

एमालेको आग्रहपछि राष्ट्रपति भण्डारी पनि आफ्नो पुरानो ‘राजनीतिक घर’
एमालेलाई गुन लाउन तयार भएको आरोप मोरङमा लाग्न थालेको छ । पार्टीले गरेको आग्रहसँगै भण्डारीले पनि मोरङका स्थानीय नेता कार्यकर्तादेखि समाजका विभिन्न पक्षका नेतृत्वदायी पंतिलाई फोन गरेर एमालेको पक्षमा मत माग्न थालेको मोरङमा व्यापक चर्चा हुन थालेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट आफूलाई फोन आएका मोरङका एक नेताले भने, ‘जसरी भएपनि वाम गठबन्धनलाई जिताउनु पर्छ भनेर मलाई निर्देशन आएको छ ।’

मोरङ्ग जिल्लाका एमालेका एक अगुवा कार्यकर्ताले भने, ‘शीतल निवासबाट फोन आएको हो । एमालेको अवस्था कस्तो छ भनेर सोधखोज भएको छ । मोरङमा एमाले कमजोर छ त्यही भएर फोन गरेर बुझ्न खोजे जस्तो लागेको छ ।’ तीन नेताले आफूलाई फोन नआएको बताए । तर, उनले अन्य केही नेताहरूलाई फोन आएको कुरा आफूले सुनेको भने बताए ।

मोरङमा जनस्तरमा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धन नरुचाएपछि उमेदवारहरू समेत हच्किएका छन् ।

एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीको घर मोरङको इटहरामा पर्दछ । स्व. भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् ।

उम्मेदवार जितान एमालेका कार्यकर्तालाई राष्ट्रपतिदेखि एमालेका केन्द्रीय नेताहरूले समेत दवाव दिने गरेका छन् । यसरी दवाव दिदै गर्दा राष्ट्रपति कार्यालयको गरिमा र तटस्थता कहाँ पुग्छ सम्वन्धित निकाय वेखबर रहेको आरोप मोरङका मतदाताहरूले आरोप लगाउन थालेका छन् ।

Published : Monday, 2017 November 20, 8:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया