यी हुन् प्यूठानीले जिताउनै पर्ने कांग्रेसका उम्मेदवार

मुलुक यतिखेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएकोछ । निर्वाचनको जितलाई आफ्नो पोल्टामा पार्न विभिन्न राजनीतिक शक्तिहरू प्रतिष्पर्धामा छन् ।

चुनावी प्रसार–प्रचार व्यापक चलिरहँदा स्थानिय जनताले आफ्नो क्षेत्रका उम्मेदवारहरूको कामहरुको मूल्यांकन पनि गरिरहेका छन् । अब जनताले झुटा आश्वासन नदिन पनि नेताहरूलाई चेतावनी दिएका छन् । मुलुकका अन्य क्षेत्रमा भन्दा फरक प्रतिस्पर्धा रहेको छ प्यूठान जिल्लामा ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उर्जा अर्थशास्त्र तथा बिकास बिज्ञको रुपमा परिचित प्रा डा गोविन्द राज पोखरेल र जनमोर्चा नेपालका अर्धभूमिगत नेता मोहन सिंहको धर्मपत्नी दुर्गा पौडेलका बीचमा प्रतिस्पर्धा हुँदैछ ।

राजनैतिक रुपमा नेपालकै सचेत र अग्रगामी जिल्ला भएता पनि विकासको हिसाबले धेरै नै पछाडि परेको जिल्लाको रुपमा प्यूठानलाई लिने गरिन्छ । म आँफैपनि ईन्जिनियर भएको नाताले पनि डा पोखरेललाई धेरै समय पहिलादेखि चिन्दै र बुझ्दै आएको छु ।

आफू पनि प्यूठान कै मतदाता भएकोले पनि किन डा पोखरेल कम्तिमा यसपालिको निर्वाचनमा निर्बिकल्प उम्मेद्वार हुन, किन उनलाई अत्याधिक मतले बिजयी गराउनुपर्छ त्यस्को केही लेखाजोखा गर्ने प्रयास गरेको छु । सबभन्दा पहिला अहिलेको चुनाव किन हो बुज्नु पर्ने आवश्यकता छ ।

यदी यो चुनाव संविधान बनाउने चुनाव भएको भए आफ्नो सिद्धान्तअनुसारको संबिधान वा राज्यपद्धति बनाउने आफ्नो पार्टी र बिचार हेरेर भोट गर्नुपर्ने हुने थियो ।

अहिले चुनाबको नत संबिधान बनाउन हो नत राज्यको पद्धति परिवर्तन गर्न हो । देशले एक किसिमको सबैको जित हुने खालको संविधान देशले पाइसकेको छ ।

अहिलेको चुनाब भनेको बिकास र समृद्धिको लागि हो भनेरभन्दा अतियुक्ति नहोला । त्यसले अबको चुनाव भनेको कसले बिकासको सोचल्याउन सक्छ, कसले जिल्लाको बिकासमा ठूलो योगदान दिन सक्छ भनेर बिचार गर्नुपर्ने हुन्छ । बिकास गर्नु भनेको केन्द्रमा पहुंच भएर बजेट ल्याउन सक्नु मात्र होइन, यो जिल्लालाई आगामी ५ वर्ष, १० वर्ष र २० वर्षमा कहाँ पुराउने भनेर र कुन–कुन क्षेत्रलाई प्राथमिकता राखेर काम गर्नेभनेर सोच र योजना बनाउन सक्ने ब्यक्तित्व निर्वाचित भएर जानु हो ?

यस किसिमको सम्भावनाको राजनीतिको नारा लागाउनेबाट सम्भव छ हुन्छ कि, बिकास, उर्जा र अर्थशास्त्रको बिज्ञ, प्यूठानको माटोमाटो बुझेको र राष्ट्रिय योजना आयोगमा हुँदा बिकासको ढोका खोलेको ब्यक्ति डा पोखरेलबाट हुन्छ ? यस्को उत्तर सहजछ डा पोखरेल । म आँफै पनि ईन्जिनियर र प्यूठानकै बासिन्दा भएको नाताले पनि डा पोखरेललाई धेरै समय पहिलादेखि चिन्दै र बुझ्दै आएको छु । डा पोखरेल बिभिन्न क्षेत्रमा गरेका केही महत्पूर्णकार्यहरू यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु

– पोखरेल त्रिभुवन विश्व बिद्यालयमा प्रध्यापक भइ सक्नुभएको ब्यक्तित्व हो । उहाले थापाथाली क्याम्पस, ईन्जिनियरिङ अध्ययन संस्थानको निमित्त क्याम्पस प्रमुख भएर काम मात्र गर्नुभएन नेपालमै पहिलो पटक औद्योगिक ईन्जिनियरिङको स्नातक तहको पढाई पनि सुरु गर्नु भयो ।काठमाडौं उपत्यकामा संचालित सफाट्यम्फोको बिकासमा पनि उहाँको ठूलो योगदान छ ।

– उर्जा बिज्ञको रुपमा उहाँले जाट्रोपा (कदमफल) बाट बायोडिजेल बनाउने, चिनी उद्द्योगबाट निस्कने एथानोल डिजेलमा मिसाउने तथा चिनी उद्द्योगले राष्ट्रिय प्रसारणमा केही मात्रामा योगदान पुराउन नीतिगत ब्यवस्था गर्ने जस्ता अनुसन्धान मूलक र नीतिगतकार्यमा ठूलो योगदान छ ।

– राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भूकम्प गएको ३–४ महिनाभित्रैमा बिपदपछि आवश्यकताको आँकलन रिपोर्ट तयारपारी दातृनिकाय तथा राष्ट्रहरू सम्मेलन गरेर करीब ४ खर्ब रुपँयाभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त गर्न सफल । ३–४ महिनाभित्रैमा बिपदपछिको आवश्यकताको आँकलन रिपोर्ट तयारपारी दातृ निकाय तथा राष्ट्रहरू सम्मेलन गर्नु एकदम चुनौतीपूर्णकार्य थियो जसको सम्बन्धित बिज्ञहरू ठूलो प्रशंसा गरेका थिए ।

– हिलेको बैकल्पिक उर्जा प्रबर्धन केन्द्र धोबीघाटको एउटा सानो घरमा हराइरहेको अवस्थामा थियो, जसलाई डा पोखरेल पहिलोचोटी बैकल्पिक उर्जाप्रबर्धन केन्द्रको कार्यकारी निर्देशक भएपछि पनि अहिले बृहत रुप लिएको हो । अहिले बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले सयौ कार्यक्रम चलाएको छ, हजारौंले रोजगारी पाएका छन् तथा बैकल्पिक उर्जा राज्यको प्रमुख प्राथमिकता पर्न सफल भएको छ । नेपालको बैकल्पिक उर्जालाई संसारकै नमूना कार्यक्रम बनाउन सफल भर्इ १२ वटा दातृनिकाय लाई एउटै कार्यक्रम ल्याउन सफल ।

– अहिले नेपालको राजधानी लगायत सबै सुगमका शहरमा १८ घण्टासम्म लोडशेडिङ हुँदापनि माईक्रो हाइड्रोलगायत अन्य बैकल्पिक उर्जाका कारण नेपालका दुर्गमका गाउँगाउँहरूमा निरन्तर बिद्युत आइरहने र झिलिमिली हुने जुनपरिस्थिति बनेको छ यसमा डा पोखरेलको ठूलो योगदान रहेको छ ।

–मानव बिकास सूचकांकमा सबैभन्दा तल भएको बाजुरा जिल्ला लगायत धेरै स्थानहरूमा एकीकृति वस्ती बिकास योजनाको परिकल्पनाकार, भूकम्प पछिको पुनर्निर्माणमा पनि एकीकृत वस्ती बिकासमा ठूलो जोडदिएका व्यक्ति ।
– बिपदमा बिद्युतीय उर्जा आपूर्ति सन्तुलन मिलाउन सुरक्षानिकायलाई जलबिद्युत आयोजनाको निर्माण गर्न नीतिगत ब्यवस्था गरेको जस्ता इमाडी जल बिद्युत आयोजनाको जिम्मा नेपाली सेनालाई दिइएको ।

– तरार्इमा २० जिल्लाका बिद्यार्थीलाई छत्राबृत्ति, सहुलीयतपूर्ण कृषिलोन, शहरी क्षेत्रमा घरको छानामा सोलार राखेर बिजुली उत्पादन गर्ने र सरकारले किन्ने ब्यवस्था, जलबिद्युत उत्पादनमा प्रतिमेगावाट ५० लाख रुपियाँ अनुदान दिने नीतिगत ब्यवस्था गरेको ।

माथिउल्लेखित बुंदाहरू केही उदाहरण मात्र हुन,

यस्ता सयौं बुँदाहरू लेख्न सकिन्छ डा पोखरेल गरेका उल्लेखनीय कामहरूको । डा पोखरेल जुनसुकै पद र क्षेत्रमा कार्यगरे पनि सफल हुने कम नेपाल बिज्ञहरूमा पर्नुहुन्छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका पोखरेल नेपाली कांग्रेसको आगामी सरकारका सम्भावित अर्थमन्त्री पनि हुन । डा रामशरण महत पनि राष्ट्रिय योजना आयोग उपाध्यक्ष पश्चात निरन्तर कांग्रेस सरकारमा अर्थ मन्त्री भएका छन् ।

एउटा अर्थ मन्त्रीको रुपमा डा पोखरेल गर्न सक्ने बिकासको तुलना राष्ट्रिय पार्टी बन्न संघर्षरत पार्टीको सांसदले गर्ने बिकाससँग गर्न सकिन्छ र ।

त्यसैले हाम्रो मतले प्यूठानको बिकासलाई मुहान खोल्नु पर्छ जुन सम्भावना डा पोखरेलबाट शतप्रतिशतदेखिन्छ । २०६४ र २०७० को चुनावमा बामपन्थी पक्षधर उम्मेद्वारबिजयी भएर उपप्रधान मन्त्री समेत भइसक्दा पनि प्युठानले खासै बिकासको स्वाद चाख्न पाएन ।

तर, डा पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए पश्चात मात्र प्यूठानमा केन्द्रीयस्तरबाट साना तथा ठूला बिकास आयोजनाहरू पर्न थालेका छन् र बिकासले केही गति लिएको देखिन्छ ।

केही लाखका योजनाहरू बाहेक करोड लागतको योजना पनि नदेखेको प्यूठानले डा पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछि अरबको योजना पनि पाउन थालेको यथार्थ हो । शैक्षिक योग्यता, अनुभव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुचँको हिसाबले डा पोखरेललाई व्यक्तिगत लाभको लागि प्यूठानको डांडापाखा दौडी रहनुपर्ने अवस्था पक्कै होइन, आफू जन्मेको स्थानलाई केही गर्नुपर्छ भन्ने आत्मवालले नै मन्त्रीभन्दा पनि शक्तिशाली पद पुनर्निर्माणको कार्यकारी अधिकृत तथा त्रिभुवन विश्वा बिद्यालय प्रध्यापक जस्तो सम्मानित पद दुबै त्यागेर राजनीतिमा आउनु भएको हो ।

डा पोखरेल प्यूठानीको लागि यस्तो ब्यक्ति हुन जोसँग प्यूठानीहरूले आफ्नो छोराछोरीलाई उच्च शिक्षा कहाँ र कसरी पठाउने भन्ने ब्यक्तिगत तथा पारिवारिक प्रश्नदेखि प्यूठान जिल्लामा ठूलो र दीर्घकालीन परियोजनाका बारेमा प्रश्न सोध्न सक्छन् । यस्तो सौभाग्य अन्य कमै निर्वाचन क्षेत्रका जनताहरूले पाएका छन् । एउटा बिज्ञको रुपमा डा पोखरेलको दिमागमा प्यूठानको कुन–कुन क्षेत्रमा के–केको सम्भावना छ र त्योसम्भावनालाई मूर्तरुप दिन के–के कार्यक्रम ल्याउनुपर्छ यी सबैको प्रस्ट खाका छ ।

डा पोखरेलले नेपाल सरकारमार्फत आउने बजेट र बिकास मात्र होइन, आँफै सोझै बिभिन्न दातृराष्ट्र र संस्थासँग सोझै सम्पर्क र छलफल गरेर प्यूठान जिल्लामा धेरै बिकास कार्यक्रमहरू ल्याउन सक्ने ल्याकत पनि राख्नु हुन्छ । के यस्तो ल्याकत डा पोखरेलसँग प्रतिस्प्रधा गर्दै गरेका अन्या उम्मेद्वारले राख्छन् ? बिडम्बना डा पोखरेल बाहेक अरु उम्मेद्वारले प्यूठानको बिकासको बारेमा केही बोलेको र गरेको थाहा पनि छैन र बोल्ने गरेका पनि छैन ।

हामीले जितेउ भने माओको सपना पूरा हुन्छ भन्दै छन् बामपन्थी उम्मेद्वार के हो माओको सपना ? माओको सपनाले प्यूठान बिकास हुन्छ ? यस्ता अमूर्त कुराहरूमा जनता भुल्नु हुन्न । कमसे कम डा पोखरेलले बुँदागत रुपमा आफ्ना योजनाहरू राखेका छन् । त्यो योजनाको सूची राख्नुस र ५ वर्ष पछि डा पोखरेललाई प्रश्न सोध्न पाउनु हुन्छ खोइ के–के भए यी योजनाहरू भनेर ? जो कोही अमूर्त व्यक्तिको सपना र सिद्धान्त बोकेर हिंडेको छ त्यस्ता उम्मेद्वारलाई के प्रश्न सोध्नु हुन्छ ? प्रश्न सोधिहालेमा पनि हामी सपना पूरा गर्दै छौ तेही बाटोमा छौ भन्ने जवाफ आउँछ ।अनि के गर्ने हामी प्यूठानीले त्यति बेला जतिबेला हामी कम्तिमा ५ वर्षपछि परिसकेका हुन्छौ ।

अन्त्यमा अब प्यूठानी जनताले बिचार गर्नुपर्छ कि राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा बिज्ञको रुपमा परिचत, प्यूठानको माटो बुझेको, योजना आयोगको उपाध्यक्ष हुँदा प्यूठानमा बिकासको बिजारोपण गरेको र सम्भावित अर्थ मन्त्रीको रुपमा हेरिएको ब्यक्तिलाई चुनाव जिताउने र कुनै एकको सिद्धान्तको कुरा गर्ने, बिकासको कुनै सोच नभएको र परिवारबाद रुपमा निर्वाचनमा टिकट पाएकोलाई जिताउने । समयमै सचेत बनौँ, कम्तिमा आगामी ५ वर्ष पछुताउन नपरोस् हामी प्यूठानी नागरिकहरू ।

जयस्वर्गद्वारी, जय प्यीठान ।

Published : Sunday, 2017 November 19, 7:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया