प्रचण्ड–बाबुरामले मन थाम्न सकेनन्, अंगालो मारेर दुबै रोए

काठमाडौं । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा।बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई अंगालो मारेर रोएका छन् ।

प्रकाश दाहाललाई श्रद्धाञ्जलि दिएपछि माओवादी केन्द्रको पार्टी कार्यालयमा रहेको आफ्नै कार्यकक्षमा बसेका प्रचण्ड र डा।भट्टराईले एकले अर्कालाई अंगालो मारेर रोएको प्रत्यक्षदर्शीले बताए ।

प्रचण्ड र बाबुरामले एकले अर्कालाई देख्नवित्तिकै मन थाम्न सकेनन् । दुबैजना क्वाँ क्वाँ गरेर
रोएको एक नेताले बताए ।

प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा नजिकै उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।

Published : Sunday, 2017 November 19, 5:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया