पूर्वराजाले पनि सम्झिए प्रचण्डपुत्र प्रकाशलाई, दिए श्रद्धाञ्जलि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएकोमा श्रद्धाञ्जलि दिएका छन् ।

आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलाई कोटेश्वरस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार पठाएर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । पूर्वराजा शाहले पठाएको सन्देश महर्जनले प्रचण्डलाई सुनाएका थिए ।

प्रकाश दाहालको आइतबार बिहान मृत्यु भएको थियो । नर्भिक अस्पतालबाट प्रकाशको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय कोटेश्वरमा राखिएको थियो ।

श्रद्धाञ्जलि दिन मन्त्रीदेखि माओवादीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू पुगेका थिए ।

Published : Sunday, 2017 November 19, 4:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया