प्रकाशको हत्या भएको प्रचण्डको दाबी, छाविन गर्न दिर्नेशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा प्रमुखहरूलाई आफ्नो निवासमा बोलाएर पुत्र प्रकाश दाहालको निधनका विषयमा छलफल गरेका छन् ।

लाजिम्पाटस्थित आफ्नै निवासमा आइतबार प्रचण्डले नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल, सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसँग प्रकाश दाहालको मृत्यु हत्या भएको हुन सक्ने जिकिर गरेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले प्रकाशको सहज निधन नभई हत्या भएको हुनसक्ने आशंका गरेका थिए ।

प्रचण्डले झापाबाट काठमाडौं फर्केलगत्तै लाजिम्पाटस्थित निवासमा तीन वटै सरक्षा निकायका प्रमुखहरूलाई बोलाएका हुन् ।

उच्च स्रोतका अनुसार प्रचण्डले आफूलाई प्रकाशको मृत्यु नभई हत्या हुन सक्ने आशंका गर्दै गम्भीर छानविनका लागि निर्देशन दिएका छन् ।

‘मलाई प्रचण्डको सहज निधन भएको जस्तो लाग्दैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘के भएको हो सत्यतथ्य छानबिन गर्नुस् ।’

उनले प्रकाशले शनिबार साँझ आफूलाई टेलिफोन गरेको र आइतबार चितवन जाने बताएको उल्लेख गरे । ज्वरो आएको भन्दै प्रकाश दाहाल वाम गठबन्धनले आइतबार झापाको विर्तामोडमा आयोजना गरेको चुनावी सभामा बाबुसँग गएका थिएनन् ।

Published : Sunday, 2017 November 19, 4:20 pm

2 प्रतिकृया प्राप्त “प्रकाशको हत्या भएको प्रचण्डको दाबी, छाविन गर्न दिर्नेशन”

  • निश्पच्छे र निश्स्वाथ्र रुपले हेर्नू पर्छ । दुबै एउटा् बाउका सन्तान हुन।

  • प्रचण्डकाे सहज मृत्यु हैन हाेला प्रकासकाे हाेला

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया