सुशील कोइराला र प्रकाश दाहालको मृत्यु झण्डै उस्तै, पोष्टमार्टम किन गरिएन ?

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको निधनमा शुभेच्छुकहरूले धेरै प्रश्न उठाए ।

कोइरालाको निधरमा लागेको चोट, सिरानीमा देखिएका रगतका छिटो, समयमा उपचार गर्न अस्पताल नलिएका सम्बन्धमा धेरै प्रश्न उठाए ।

अविवाहित कांग्रेस नेता कोइरालाको बिडम्बना मान्नुपर्छ । अहिलेसम्म कोइरालाका शुभेच्छुकहरूले गतिलो जवाफ पाएका छैनन् ।

असन्तुष्टि जनाइ रहेका छन् । त्यस बेला कोइरालाको सहयोगीका रुपमा रहेका अतुल कोइराला, मृदुला कोइलालगायतप्रति धेरैले प्रश्न उठाए ।

कांग्रेस सभापति कोइरालाको निधन भयो । त्यति ठूलो राष्ट्रिय व्यक्तित्वको निधन हुँदा कसरी र के कारणले भएको हो भनेर पोष्टमार्टमको रिपोर्ट बनाइएन । कसैले त्यसतर्फ जोडदार रुपमा कुरा उठाएनन् ।

कोइरालाको निधनसँग झण्ड झण्डै मिल्ने गरेर अर्का एकजना राष्ट्रिय व्यक्तित्वका छोराको मृत्यु भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको निधन भएको ३ घण्टा पछाडि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको छ । अस्पतालमा चिकित्सकहरूको चेकजाँचपछि ६ बजेतिर मृत घोषणा गरिदिए ।

मृत्युको कारण प्रकाशको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक डा.जेपी जयसवाललेले स्पष्ट केही बताउन सकेनन् ।

अस्पतालको ईमर्जेन्सीमा आइतबार बिहान ५ बजेर ५० मिनटमा ल्याइएको जानकारी दिँदै डा.जयसवालले भने, ‘प्रकाश दाहालको मृत्यु बिहान करिव ६ बजे हामीहरूले घोषणा गरेको जानकारी परिवारलाई दिएका थियौँ ।’ प्रकाशको उपचार डा.जेपी जयसवाल र डा.यादव भट्टको टिमले गरेको थियो ।

मध्यान्हतिर नर्भिक आइपुगेका प्रचण्डसँगको सरसल्लाहपछि चिकित्सकहरूले पत्रकारहरूलाई प्रकाशको मृत्युबारेमा जानकारी दिइएको थियो । प्रकाशको निधनबारे जानकारी त दिइयो, सतही । प्रकाशको किन पोष्टमार्टम गरिएन ? प्रकाश दाहाल कुनै साधारण व्यक्ति होइनन् । उनको मृत्युका बारेमा जानकारी शुभेच्छुकहरूले बैज्ञानिक रुपमा चाहन्छ ।

‘प्रकाश दाहाललाई २ जना सहकर्मी साथी र गार्डहरूले लिएर आउनु भएको थियो’, डा.जयसवालले भने, ‘हामीले हेर्दाखेरि उहाँको हात चिसो भइसकेको थियो । पल्स, हार्टको गति केही पनि थिएन । श्वासप्रश्वास केही पनि थिएन । उहाँको आँखाको नानी पनि ठूलो भइसकेको थियो । कुनै लाइटको रियाक्सन थिएन । खुट्टको रिफ्लेक्सेसहरू पनि थएन ।’

‘शरीर एकदमै कडा भइसकेको थियो । अस्पताल ल्याउनुभन्दा ३ घण्टा पहिले नै शरीर त्यागेको हुन सक्छ । हामी र हाम्रा साथीहरूले हेर्दा लाईफ अफ साइन केही पनि थिएन । हामीले परिवारलाई भन्यौ । उहाँलाई ईसीजी गर्दा ईसीजीमा फल्याट लाइन देखियो’, डा.जयसवालले भने, ‘त्यसमा कुनै पनि किसिमको गतिविधी देखिएन । अनि हामीले उहाँलाई मृत्यु भएको डिक्लियर गरेका हौँ ।’

प्रकाश दाहालको निधन के कारणले भएको हो भन्ने पत्रकारहरूको जिज्ञासामा डा.जयसवालले भने, ‘हामीले सबै कुरा हेर्दाखेरी आकास्मिक हृदयघात भएको भन्ने बुझिन्छ । उहाँको शरीर सबै ठीक छ । मुख, अंगहरू राम्रो छ । कुनै पनि सेवन गरेको देखिदैन । आकास्मिक हृदयघात नै ९०.९ मृत्युको कारण देखिन्छ ।’

डा.जयसवालले भने, ‘उहाँलाई ब्लड प्रेसर त थिएन । युवाहरूलाई आकस्मिक हृदयघात हुने प्रवृत्ति धेरै नै हुन्छ । स्ट्रेसले आकस्मिक हृदयघात हुँदैन । कहिले काहीँ जिनको कारणले हुन सक्छ । उहाँलाई डाइबिटिज वा ब्लडप्रेसर भएको देखिदैन । यस्तो पेसेन्टलाई अटोअफ्सीमा रिफर गर्दैनौँ । कुनै पनि एभिडेन्स त्यस्तो देखिएको छैन । सुतिरहेको बेला उहाँ हुनुहुन्थिएन । त्यसपछि उहाँलाई नर्भिक ल्याइएको हो ।’

‘एक प्रतिशेत ब्रेनस्टोक पनि हुन सक्छ । सडेन ब्रेन एट्याक पनि भन्छौँ हामीले । जस्तै ब्रेन ह्याब्रेज हुने हुन सक्छ,’ उनले भने ।
प्रकाश दाहालले मादक पदार्थ सेवन गरेका थिएकी थिएनन् भन्ने प्रश्नको जिज्ञसामा डा.जयवसालले भने, ‘मैले सुँघेको थिएँ । त्यस्तो कुनै पदार्थ सेवन गरेको पाइएन ।’

डा.जयसवालले दिएका हरेक जवाफमा आशंका जोडिएको छ । मादक पदार्थ सेवन गरेको छ वा छैन भन्ने कुरा अस्पतालको डाक्टर सुँघेर भन्ने होइन । परीक्षण गर्नुपर्ने हो । कसैकसैले प्रकाश दाहालको शरीरमा घाउ र चोटपटक लागेको कुरा पनि गरेका छन् ।

प्रकाश दाहाल साधारण व्यक्तिका छोरा होइनन् । उनी दुई पटक प्रधानमन्त्री भइकेको व्यक्ति, जनयुद्धमा १७ हजार जनताको बलिदानी दिएर आएका प्रचण्डका छोरा हुन् । त्यसैले प्रकाश दाहाल बिरामी थिएकी थिइनन् ? बिरामी थिए भने समयमा किन अस्पतालमा उपचार गराइएन ? दुई वटा पत्नी भएका प्रकाशलाई किन एक्लै राखियो आदि जस्ता थुपै प्रश्न मृत्युसँग जोडिएर आएका छन् ।

प्रकाश २ दिनदेखि बिरामी भएको पनि कुरा आएको छ । बिरामी थिए भने किन समयमा उपचार गराइएन ? बिरामी प्रकाशलाई किन एक्लै सुत्न दिइयो ? प्रकाशलाई जस्तै सुशील कोइरालालाई पनि कोठामा एक्लै सुताइएको थियो । समाचारमा उठाएका विषय तत्काल अप्रिय लाग्न सक्छन् । तर, वास्तविकता यही नै हो ।

Published : Sunday, 2017 November 19, 3:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया