प्रचण्डलाई परिवारमा साथ कसले देला ? यी हुन् उत्तराधिकारी

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधन भएसँगै प्रचण्डको भावी उत्तराधिकारी को भनेर प्रश्न गर्न थालिएका छन् ।

दुखद घडीमा प्रचण्डलाई अब प्रकाश दाहालका दुई नाबालक छोराहरूले साथ दिनेछन् भनेर सबैले सहानुभुती दिन थालेका छन् ।

प्रकाशले तीन वटा विवह गरेका थिए । अहिले उनी विना मगरसँग एक छोराका साथ बस्दै आएका थिए ।

जनयुद्धकालमा प्रकाशले माओवादीका नेता पोष्टवहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग जनवादी विवाह गरेका थिए । नौ वर्ष अगाडि समझदारी मै प्रभासँग प्रकाशले सम्बन्ध विच्छेद गरेका थिए ।

प्रभासँगको सम्बन्ध विच्छेदपछि प्रकाशले पोखरा हेम्जाकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरे । श्रृजनाबाट एक छोरा प्रसिद्ध दाहाल छन् । अहिले उनी ठूलो भइसकेका छन् ।

श्रृजनासँग दाम्पत्य जीवनको चार वर्षमै प्रकाशले विना मगरसँग सगरमाथा आरोहणका क्रममा हिमचिम बढेपछि तेस्रो विवाह गरेका हुन् । विनाको तर्फबाट पनि छोरा जन्मिसकेका छन् । छोरा प्रणब पनि ठूला भइसकेका छन् ।

प्रकाशकी पत्नी सिर्जनाले डिभोर्स दिएकी छैनन् । छोरा हुर्काएर बसेकी उनी पार्टीमा पनि सक्रिय छिन् । बिना मगर अहिले प्रतिनिधी सभाका लागि कञ्चनपुर जिल्लाबाट प्रतिस्पर्धामा छिन् ।

प्रचण्ड पुत्र प्रकाश दाहालकी माइली श्रीमती सृजना यतिखेर माइतमा छिन् ।उनीसंगै छन् छोरा प्रसिद्ध अर्थात प्रचण्डका नाती ।

कास्कीको हेम्जामा प्रसिद्ध स्थानीय विद्यालयमा पढ्ने गरेका छन् । प्रचण्डले अब आफ्नो उत्तराधिकारी यी दुई नातीमध्ये कसलाई अगाडि बढाउने हुन् माओवादी केन्द्रका कार्यकर्ताहरूले ध्यानपूर्वक हेर्न थालेका छन् ।

Published : Sunday, 2017 November 19, 10:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया