गगन थापाको लोकप्रियताबाट आत्तियो एमाले, भयो यस्तो ‘कर्तुत’

काठमाडौं । निर्वाचिन नजिकिँदै जाँदा एमालेका उम्मेदवार र नेताहरू नेपाली कांग्रेसविरुद्ध तल्लोस्तरको भाषा बोलेर आक्रमण गर्न थालेका छन् ।

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएका उनीहरूमा अहँकार बढ्न थालेको हो । माओवादीभन्दा एमालेका नेताहरूमा धेरै अहँकार बढ्दै गएको छ । निर्वाचनमा जित्छौँ भन्ने उन्माद देखिन थालेको छ । साथसाथै कम्युनिष्ट सरकार बनाएर देशमा निरंकुश शासन ल्याउने सोँच पनि उनीहरूले बनाएका छन् ।

एमालेका नेताहरू नेपाी कांग्रेसका युवा नेता गगन थापाविरुद्ध आक्रामक देखिएका छन् । कम्युनिष्टहरूविरुद्ध प्रतिवाद गर्न सक्ने क्षमता राख्ने कांग्रेस नेता थापालाई निशाना बनाएर लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने रणनीति बनाएका छन् ।

युवा नेता थापाको चरित्र हत्यामा पूर्वराजा ज्ञानेन्द्र शाहका खास मान्छे एवम् एमाले नेता केशव स्थापितले ठूलो प्रयास गरिरहको छन् । पूर्व राजाको पालामा काठमाडौं महानगरपालिकाको मेयरमा नियुक्ति खाएका स्थापितले गगन थापासँग बदला लिने प्रयास गरेका हुन् ।

दोस्रो जनआन्दोलनका बेला प्रखर वक्ता गगन थापाले राजा ज्ञानेन्द्र शाहविरुद्ध जेहाद छेडेका थिए । ज्ञानेन्द्र शाहविरुद्ध गगनले दिएको अभिव्यक्ति एमालेका नेता स्थापितलाई फिटिक्कै मन परेको थिएन । अहिले आएर स्थापितले सोही बेलाको बदला गगनसँग लिने प्रयास गरिरहेका छन् । गगन थापाविरुद्ध अन्टसन्ट अभिव्यक्ति दिइरहेका छन् ।

एमालेका नेता स्थापितले गगनलाई मासु पसल र बाख्रापालनमा अनुदान लिएर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । तर, स्थापितले बुझ्नु पर्छ कांग्रेसका युवा नेता गगन थापाले कुनै पनि कृषि अनुदान आफूले नलिएको भनेर वर्षौ आगाडि जवाफ दिइसकेका छन् ।

बाख्रा पालन र मासु पसलका विषयमा भ्रामक र झुटो समाचार बनाएर गलत नियतले प्रचार–प्रसार गरेका झापाका एक जना एमाले कार्यकर्तालाई प्रहरीले कारबाही पनि गरिसकेको छ ।

अहिले फेरि गगन थापाबिरुद्ध भ्रमक आरोप लगाएर प्रचार गर्न पूर्वराजा ज्ञानेन्द्र शाहका खास मान्छे एवम् एमालेका नेता केशव स्थापित चुनाबी प्रोपोगाण्डाको लागि जे पनि गर्नुपर्छ भनेर लागेको कांग्रेसको आरोप छ ।

बेलाबेलामा आधारहीन र कपोकल्पित कुरा गरेर चर्चामा आउने स्थापितले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी चुनाब लड्दा यस्तै प्रोपोगाण्डा गराएको आफैले सगौरब बताउने गरेका छन् ।

स्थापितले ‘विद्याको सारीमा रातो रंग छर्कन लगाएँ, कांग्रेसले छर्केको भनेर प्रचार गराएँ’ भनेका थिए । यो कुरा स्वयं स्थापितले सार्वजनिक रुपमा भनि सकेका छन् । स्थापित एमालेभित्र यस्तै झुट प्रचारका लागि प्रयोग हुँदै आएका छन् ।

हावादारी गफाडी र प्रपोगाण्डाको परिचय बनाएकाले स्थापितलाई कुनै जिम्मेवार पद दिन भने एमाले कहिल्यै तयार भएको छैन । स्थानीय तहको निर्वाचनमा पनि स्थापितले काठमाडौं महानगरपालिकको मेयर तोकका थिए । तर, केपी ओलीले केशव स्थापित अवसरवादी, ज्ञानेन्द्र शाह र भारतको मान्छे हो भनेर मेयरका टिकट नदिएका हुन् । टिकट नपाएपछि एमालेको संसदीय दलको कार्यालय सिंहदरबारबाट कालो अनुहार लिएर बाहिरिएका थिए ।

कांग्रेसका युवा नेता गगन थापालेको लोकप्रियताबाट डराएपछि एमालेले पनि केशव स्थापितलाई प्रयोग गरेर कांग्रेसको बद्नाम गर्ने प्रयास गरिएको आरोप लागेको छ । गगन थापा स्वास्थ्य मन्त्री हुँदा डायलासिस, मृगौला प्रत्यारोपण, बाथमुटुरोग सल्यक्रिया लगायतका निःशुल्क उपचार, विशिष्ट व्यक्तिले पाउने उपचार खर्च कटौती, विपन्नलाई राहत कार्यक्रम, सबै नेपालीलाई स्वास्थ्य बीमा, गरिब बिपन्नलाई निःशुल्क बीमा, औषधिमा २२ सय प्रतिशतसम्म सस्तो बनाउने लगायत थुप्रै जनपक्षीय काम गरेर लोकप्रियता बढाएका थिए ।

गगन थापाले डा.गोविन्द केसीले उठाएको चिकित्सा शिक्षा ऐन ल्याउन होस् वा नाकाबन्दीबिरुद्ध पार्टीभित्र र बाहिर एक्लै उभिँदादेखि लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउँदासम्म उनले संसदमा खेलेको भूमिका कारण पनि गगन थापा निरन्तर निशानामा पर्ने गरेका हुन् ।

गगन थापाले आफ्नो चुनाबी सभाको पहिलो दिन चावहिलमा आयोजना गरेको कार्यक्रममै अब आफ्नो विरुद्धमा फेक समाचार आउने बताएका थिए । थापाले आफ्नो फेसबुक र ट्वीटरबाट पनि भनेका छन्, ‘अब तपाईंहरूले त्यस्ता खालका समाचार बग्रेल्ती पढ्न पाउनु हुनेछ ।’ यो विषयमा कान्तिपुर दैनिकले ‘चुनाबको मुखमा फेक धन्दा’ शीर्षकमा समाचार पनि तयार गरेको थियो ।

गगन थापाबारे फेक समाचार सार्वजनिक गरेपछि नागरिक दैनिकका पत्रकार केपी ढुंगानाले मेरोशहर डटकममा ‘गगनबारे फेक न्यूज’ शीर्षकमा आलेखनै लेखेका थिए ।

यस सन्दर्भमा गगन थापाले भनेका थिए, ‘म सार्वजनिक व्यक्ति हुँ । मेरो जीवन खुल्ला किताबको पाना जस्तै पारदर्शी छ । यस्ता खालको दुष्प्रयास गर्ने जति दोषी छन्, त्यति नै दोषी यस्ता निराधार हल्लालाई पत्याउने पनि छन् ।’ गगन थापाले भने जस्तै यस्ता श्रृङ्खला अघि बढिरहेका छन् ।

Published : Sunday, 2017 November 19, 8:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया