कृष्णबहादुर महरा र शंकर पोख्रेलले धर्मका नाममा भोट माग्न थाले

घोराही । साढे चार वर्ष अगाडि क्रिश्चियन धर्म अंगालेको आरोप खेप्दै आएका माओवादी नेता कृष्णबहादुर महराले दाङको घोराहीमा फेरि मुस्लिम धर्मलाई विभिन्न आश्वासन दिएका छन् ।

घोराहीमा शनिबार आयोजित चुनावी कार्यक्रममा सहभागी महराले हिन्दूधर्मलाई भन्दा अल्पसंख्यक मुस्लिम धर्मको प्रवर्द्धनमा सहयोग गर्ने आश्वासन दिएका छन् । आयातित नेता महराले ठूलो संख्यामा रहेका हिन्दूधर्मालम्बीहरूको चित्त दुखाउने गरेर मुस्लिम धर्मको संरक्षणमा आश्वासन दिएका हुन् ।

महराको त्यो अभियानलाई एमालेका नेता शंकर पोख्रेलले पनि समर्थन जनाएका थिए । उनले हिन्दूधर्मलाई भन्दा मुस्लिम धर्मलाई साथ दिने बताएको एक नेताले बताए ।

कम्युनिष्ट शासन व्यवस्था आयो भने सबैभन्दा पहिला हिन्दूधर्ममा प्रहार हुने विश्व कम्युनिष्ट शासन भएका देशका उदाहरणले देखाएको छ ।

एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाएका छन् । उनीहरूले नेपालमा साम्यवादी अधिनायकवाद ल्याउने तयारी गरिरहेका छन् ।

मतदाताहरूलाई विभिन्न प्रलोभन, धर्म, संस्कृति, आर्थिक प्रलोभन लगायतबाट दाङ जिल्ला पनि एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले मतदातालाई प्रभावमा पारिरहेको आरोप छ ।

साढे ४ वर्ष अगाडि माओवादीका नेता महराले नेपालगञ्जस्थित गोस्पल एसेम्बली चर्चमा क्रिश्चियन धर्म लिएको आरोप लागेको थियो ।

उनले चर्चमा गोस्पल एसेम्बली चर्चकी गुरूआमा सुशीला बसेलले नेताहरू इमान्दार, सक्षम, कर्मठ भएर जनताको चाहना पूरा गर्नुपर्छ भन्दै बाइबलबाट उदाहरण दिएर नेता महरालाई सल्लाह दिएकी थिइन् चर्चकी गुरुआमा बसेलले भनेकी थिइन्, ‘बाइबलमा मोसा, यसु, सिम्सोन, दाउद जस्ता दर्शन बोकेका नेताहरूमाथि जनताले भरोसा गर्नेछ ।’

त्यस बेला गोस्पल एसेम्बली चर्चका मुख्य पास्टर केबी बसेलले जसले धर्मनिर्पेक्षताको मुद्दालाई उठाउँछ त्यसैलाई क्रिष्टियनहरूले सघाउने बताउँदै माओवादी नेता महराको चुनावी माहोल बनोस् भन्दै प्रमेश्वरसँग प्रार्थना गरेको बताएका थिए ।

नेपालगञ्जमा त्यसबेला महराको शिरमा हात राखेर दुई क्रिस्टियन गुरूहरूले धर्म परिवर्तनको शैलीमा आशीर्वाद समेत दिएका थिए ।

Published : Saturday, 2017 November 18, 6:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया