मनाङमा पत्रकारलाई ठहरै पार्ने एमालेको धम्की

मनाङ । नेपाल पत्रकार महासंघ मनाङ शाखाका उपाध्यक्ष नवीन लामिछानेमाथि एमालेका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनाङको नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा समाचार संकलन गर्न पुगेका लामिछानेमाथि एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।

राष्ट्रिय समाचार समिति मनाङका प्रतिनिधि समेत रहेका लामिछानेले कांग्रेस र एमालेको चुनावी प्रचारलाई समचार सम्प्रेषण गर्दै गर्दा दुर्व्यवहार गरेको जनाइएको छ ।

एमाले कार्यकर्ताले जुलुस लगाउँदै गर्दा फोटो खिच्न गएको बेला आफूलाई ज्यान मार्ने धम्की दिएको लामिछानेले बताए । एमालेका कार्यकर्ताहरूको धम्कीपछि लामिछाने सुरक्षित स्थानमा बसेको आफन्तले जनाएका छन् ।

विगत २ वर्षदेखि मनाङमा रहेर पत्रकारिता गर्दै आएका लामिछानेलाई यसअघि पनि धम्क्याएको उनी बताउँछन् ।

Published : Saturday, 2017 November 18, 8:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया