यी युवतीले मन्त्री शर्मालाई सभामै दिइन गाला रोतो हुने गरेर चप्पलले दनक

रुकुम । माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला पश्चिम रुकुममा एक महिलाले चप्पल प्रहार गरेकी छिन् ।

बाफिकोट गाउँपालिकाको नेटामा बिहीबार आयोजित चुनावी सभामा सहभागी शहीद परिवार निर्मला खड्काले चार बजेतिर मन्त्री शर्मालाई चप्पलले हानेकी हुन् । शर्माले शहीद परिवार र माओवादी आन्दोलनलाई धोका दिएको आक्रोशमा चप्पल प्रहार गरेको बताइएको छ ।

माओवादी केन्द्रका नेता शर्मा पश्चिम रुकुमबाट प्रतिनिध सभाको सांसदका लागि उम्मेदवार बनेका छन् ।

मन्त्री शर्मालाई खड्काले चप्पल प्रहार गरेपछि माओवादी केन्द्र निकट वाईसियलका कार्यकर्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

वार्इसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत शहीद परिवारलाई बेवास्ता गरेको र शहीदहरूको अपमान गरेको भन्दै खड्काले चप्पल प्रहार गरेकी हुन् ।

बाफिकोटमा जनयुद्धका बेला रुकुम जिल्लाकै सबैभन्दा बढी शहीद भएको गाउँपालिकामा पर्छ ।

यसअघि मन्त्री शर्मामाथि पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा चुनाव प्रचार प्रसारका बेला कात्तिक २४ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम प्राहार गरेर हत्या प्रयास गरेको थियो ।

Published : Thursday, 2017 November 16, 9:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया