बाबु हुनु त माओवादीका अग्नि जस्तो, शहीदका छोराछोरीको भाग खोस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले आफ्ना छोरा रुपक सापकोटालाई चीनमा अध्ययन गर्न पठाएको खुलासा भएको छ ।

माओवादी केन्द्रका द्वन्द्व पीडित कार्यकर्ताका लागि चीनले पठाएको छात्रवृत्तिमा अग्निले आफ्ना छोरालाई अध्ययनका लागि बेइझिङ पठाएका हुन् । चीनसँग खाससम्बन्ध बनाएका अग्निले नेपालका सूचनाहरू बिक्री गर्ने गरेको आरोप छ ।

अग्निका छोरा रुपक सापकोटा बेइझिङस्थित ‘रेन्मिन युनिभर्सिटी अफ चीन’ नाम विश्व विद्यालयमा नेपाल–भारत–चीन सम्बन्धबारेमा डिग्री गर्दै छन् ।

रुपक सापकोटा चीनको यति ठूलो विश्व विद्यालयमा अध्ययन गर्न पाउने पहिलो नेपाली हुन् । रुपकलाई चीनले विशेष रुची देखाएर तयार पारिरहेको छ । रुपकले नेपालमा बसेर अब चीनका लागि काम गर्ने स्रोतको भनाइ छ ।

‘अग्नि सापकोटाले सिन्धुपाल्चोक र काठमाडौंमा बसेर चीनका लागि सूचना संकलन गरेर पठाउने गर्दै आउनु भएको छ’, माओवादी केन्द्रका एकजना पोलिट ब्युरो सदस्यले भने, ‘त्यसैको उपहारमा चीनले अग्निजीको छोरालाई अध्ययनका लागि यति ठूलो विश्व विद्यालयमा लगेको छ । वास्तमा यो छात्रवृत्ति चीनले द्वन्द्वपीडितका छोराछोरीका लागि पठाएको हो । अग्निजीको पहुँच पुग्यो उहाँले छोरो पठाउनु भयो ।’

विदेशी विस्तारवाद र राजनीतिक हस्तक्षेपको विरोध गर्दै आएका अग्निले आफू भने चीनका लागि काम गर्दै आएका छन् । चीनको राजनीतिक हस्तस्तक्षेप नेपालमा बढाइ रहेको स्रोतको भनाइ छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा उम्मेदवार बनेका अग्नि सापकोटा नेपाली कांग्रेसका मोहन बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन् । अग्निले निर्वाचन क्षेत्रमा छोरा रुपकमार्फत चीनबाट आएको रकम पानीसरह बगाएको आरोप विपक्षीहरूको छ ।

Published : Thursday, 2017 November 16, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया