हेटौँडामा अबैध डलरसहित भारतीय युवक पक्राउ

हेटौँडा । भारतीय नागरिकलाई हेटौँडा प्रहरीले ३५ हजार अमेरिकी डलरसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटेस्थित चेकपोष्टमा बिहीबार बिहान भारतको बिहार घर घएका २५ वर्षीय शेषनाथ प्रसादलाई अवैध डलरसहित पक्राउ गरेको हो ।

काठमाडौंबाट हेटौँडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ६२९१ नं.को बसमा चेकजाँच गर्ने क्रममा शेषनाथ प्रसाद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले शेषनाथको जुत्ताभित्र लुकाएर ल्याएको अबैध डलर बरामद गरेको थियो ।

Published : Thursday, 2017 November 16, 6:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया