संघीय फोरममा चारजना समाजसेवी प्रवेश
सप्तरी । चुनाव प्रचारलाई देशब्यापी रुपमा तीब्र पारेको संघीय समाजवादी फोरम नेपालमा चार जना समाजसेवी पार्टी प्रबेश गरेका छन् ।
राजविराजका सपना सिंह, शोभा सिंह, लक्ष्मी गिरी यादव र रञ्जन अधिकारी पार्टी प्रबेश गरेका हुन् ।
राजविराजको छिन्नमस्ता गाऊँपालिका वडा नं. १ वीरपुरमा घरदैलो अभियानका क्रममा बिहीबार उनीहरूले फोरम नेपाल प्रबेश गरेका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टीका र माला लगाएर उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।
घरदैलो अभियानमा रहेका अध्यक्ष यादवलाई भेट्न उनीहरु वीरपुर पुगेका थिए । फोरम नेपालको नीति, सिद्धान्त र एजेन्डासँग प्रभावित भएर पार्टी प्रबेश गरेको प्रतिक्रिया दिए ।
पार्टी प्रवेशका क्रममा वीरगंजका पूर्व मेयर प्रदीप कुमार यादव, सप्तरी क्षेत्र नं. २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र साह, भीमा यादव, रामप्रसाद यादव, शिव भट्टराईको उपस्थिति रहेको थियो ।
यसमा तपाइको मत