कांग्रेसले लगाएको आरोप पुष्टि भयो, बागलुङ पुगेर ओलीले स्वीकारे

बागलुङ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकमा मंसिर २१ गतेपछि कम्युनिष्ट सरकार आउने घोषणा गरेका छन् ।

बागलुङमा बिहीबार चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिष्ट सरकार ल्याउनकै लागि माओवादी केन्द्र र एमालेबीच वाम गठबन्धन बनेको बताए । ‘कम्युनिष्ट सरकार आउँछ । कसैले रोकेर रोकिँदैन’, उनले भने, ‘कांग्रेसले विरोध गरेर केही हुने वाला छैन ।’

नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रले मुलुकमा अधिनायकवाद ल्याउन वाम गठबन्धन बनाएको भनेर आरोप लगाइ रहेका बेला ओलीले कम्युनिष्टहरूको सरकार ल्याउनकै लागि गठबन्धन गरेको स्वीकार गरेका हुन् ।

‘गोर्खा भर्ती केन्द्र रोक्न’

बृटिश गोर्खामा रहेका नेपाली दाजुभाईलाई बेलायतले सौतेनी व्यवहार गरेको आरोप लगाएका एमाले अध्यक्ष ओलीले अब गोर्खा भर्ती केन्द्र रोकिने बताए ।

‘कम्युनिष्टहरूको शासन आउँछ’, उनले भने, ‘त्यसपछि गोर्खाहरूलाई विभेद गर्ने गोर्खा भर्ती केन्द्र रोक्छौँ ।’ ओलीले आफूहरू सधैँ गोर्खा सैनिकहरूको आन्दोलनको साथमा रहेको बताए ।

Published : Thursday, 2017 November 16, 1:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया