अछाममा ‘बाघ’ बनेर आयो कांग्रेस, एमालेका रावलले बनाए यस्तो योजना

अछाम । नेकपा (एमाले)का उपाध्यक्ष एवम् अछाम जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा उम्मेदवार बनेका भीमबहादुर रावलले आचार संहिता विपरित प्रहरी र प्रशासनलाई प्रभावमा पारेर दुरुपयोग गरेको खुलासा भएको छ ।

निर्वाचन आचार संहिता विपरित रावलल १२ वटासम्म सवारी साधनहरू निर्वाचनमा गुडाइ रहेको नेपाली कांग्रेस अछामले आरोप लगाएको छ । रावलले चुनावी कार्यक्रमहरूमा ५० जनासम्म सुरक्षाकर्मी साथै लिएर हिँड्ने गरेका छन् । उनको चुनावी कार्यक्रममा स्थानीय मतदाताहरूभन्दा पनि धेरै सुरक्षाकर्मीहरू हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

रावलले गरेका आचार संहिता विपरितका क्रियाकलाप विरुद्ध निर्वाचन कार्यालयमा उजुरी दिँदा पनि सुनुवाई नभएको नेपाली कांग्रेस अछामका सभापति एवम् प्रतिनिधी सभा क्षेत्र नं. १ का उम्मेदवार भरतकुमार स्वाँरले जानकारी दिए ।

एमालेका उपाध्यक्ष रावलले अछाममा गरेको ज्यादती विरुद्ध प्रहरी र स्थानीय प्रशासनलाई पनि जानकारी रहेको छ । रावलको ज्यादतीलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी दधिराम न्यौपानेल र प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले साथ दिएको कांग्रेसको आरोप छ ।

प्रहरी प्रमुख न्यौपाने र प्रमुख जिल्ला अधिकारी चौधरी एमाले उपाध्यक्ष रावलको पक्षमा प्रचार प्रसार गर्न हिँड्ने गरेको पनि आरोप छ । न्यौपाने र चौधरीले खुलेआम रावलका पक्षमा भोट माग्नुका साथै सँगसँगै हिँड्ने गरेको स्थानीयको पनि आरोप छ ।

भारत निकट मानिने रावल वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् । तर, पछिल्लो समय केपी ओलीको नजिक हुने प्रयास गरिरहेको एमालेका एक नेताले बताए । ‘भारतको चर्को विरोध गर्ने भीमबहादुर रावल भारतका लागि काम गर्छन्’, एमाले अछामका एक नेताले भने, ‘रावलको नक्कली राष्ट्रवाद यसपटक अछामका जनताले देखाइदिने छन् ।’

अछाम जिल्ला क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधी सभामा भरतकुमार स्वाँर, प्रदेश सभातिर मेघराज खड्का र टेकबहादुर साउँदले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. २ मा प्रतिनिधी सभामा कांग्रेसका पुष्पबहादुर शाहले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा बलबहादुर कुँवर र सुरतबहादुर विष्टको उम्मेदवारी रहेको छ ।

Published : Thursday, 2017 November 16, 11:39 am

11 प्रतिकृया प्राप्त “अछाममा ‘बाघ’ बनेर आयो कांग्रेस, एमालेका रावलले बनाए यस्तो योजना”

  • हावा पत्रकार को रिपोर्टिङ हो यो ।

  • रुकुममा जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार

  • झुठो कुरा लेख्न पनि ढंग चाहिन्छ । झुठो हो भनी प्रस्ट थह हुनेगरी लेख्ने पुत्रकार, सिकारु जस्तो छ । दयालाग्यो बिचारा देखि पित पत्रकारिता कसरी गर्ने भन्ने तिम्रो गुरुले राम्रोसङग सिकाउन सकेन छ । तलब थोरै पायेको छ जस्तो छ । कसो ?

  • आज सिडियाे र डियस्पी एमालेमा प्रबेस गरे लेख्नै भुलेछ बिचरा ।

  • काङ्रेसले एमाले हाराउन पठाइएका दुबैजना cdoरा dsp दुबै काङ्रेश परित्यग गरि एमालेमा प्रबेश गरे । लेख्न छुट्यो ।

  • सबै हावा दारी र सडेन्त्र मुलक कुरा ।
    नेपाल को पुर्व उप प्रधानमन्त्री , गृहमन्त्री , रक्षामन्त्री भैसकेको पार्टीको उपाध्यक्ष जस्तो राष्ट्रिय व्यक्ति को सुरक्षा प्रहरीले नगरेर के भैंसी गाेठालाकाे गर्छत । बरु भन पत्रकार भाइ कति ज्याला पाउनु भो यो झुठो न्युज लेखेको ? आरोप को पनि हद हुन्छ याद गरौ ।

  • This is totally wrong. Im not a suporter of #Bhim_Rawal. But news should not break the truth. It is product of saitan mind of saitan people.

  • आज देसमा काङ्ग्रेसको सरकार छ र सम्पुर्ण सुरक्षा निकायलगात बिउरोक्रेसी सरकारको अन्डरमा चल्छन तर प्रतिपक्ष नेताले सरकारि साधन र म्यानपावरको दुरुपयोग गर्यो भनेर कराउनु टिठ लाग्दो अभिब्यक्ती हो।

  • याे समाचार लेख्ने पागल पत्रकार काेहाे अनि छाप्ने मिडियाले पनि सहि र गलत केहाे बिचार गर्नु पर्छकि पर्दैन । वाईयात

  • झुठो कुरा लेख्न पनि ढंग चाहिन्छ । झुठो हो भनी प्रस्ट थह हुनेगरी लेख्ने पुत्रकार, सिकारु जस्तो छ । दयालाग्यो बिचारा देखि पित पत्रकारिता कसरी गर्ने भन्ने तिम्रो गुरुले राम्रोसङग सिकाउन सकेन छ । तलब थोरै पायेको छ जस्तो छ । कसो ?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया