एमाले बाजुरामा ठूलो विद्रोह, निर्वाचित जनप्रतिनिधिहरू कांग्रेसमा प्रवेश

बाजुरा । कम्युनिष्टहरू अधिनायकवाद ल्याउने गतिविधि विरुद्ध बाजुरा जिल्लामा नेकपा (एमाले)का दुईजना वडा सदस्यहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले बुधबार छेडेदह गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभामा एमाले परित्याग गरेर बुढीगंगा नगरपालिका वडा नं. ८ का सदस्य प्रेम ल्वार र नगर कार्यपालिका सदस्य बुक्ची सार्की कांग्रेसमा प्रवेश गरेका हुन् ।

ल्वार र सार्कीसँग एमाले परित्याग गर्नेमा ४५ जना स्थानीय नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरूसबैले एमालेले लिएको नीति विरुद्ध विद्रोह गरेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

Published : Thursday, 2017 November 16, 9:12 am

2 प्रतिकृया प्राप्त “एमाले बाजुरामा ठूलो विद्रोह, निर्वाचित जनप्रतिनिधिहरू कांग्रेसमा प्रवेश”

  • Moh samnggra ma bhanna pardaa party parbesh aate jaate tw bhai rahanx tar npli congress ko niti malai ekdai raamro laagx kina bhanda koi npli congress bhitrw pani neta raraamra holan kei bhayana tarw aafnobicharle aghi badhnu parx manxe pani haina party ko hit rw unnati rw desh bikash ma lamkinu parx

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया