कांग्रेस हराउन महराले देखाए ‘पावर’, लिक भयो ३० लाखको भिडियो(प्रमाणसहित)

घोराही । नेकपा (माओवादी केन्द्र)को तर्फबाट दाङ क्षेत्र नं. २ मा प्रतिनिधी सभा उम्मेदवार उपप्रधान एवम् विनाविभागीय मन्त्री कृष्णबहादुर महराले निर्वाचन आचार संहिता विपरितको काम गरेको खुलासा भएको छ ।

महराले निर्वाचन आचार संहिता विपरित मतदाताहरूलाई प्रभावित बनाउने गरेर खेलकुदका लागि अर्थमन्त्रालयका सचिवलाई फोन गरेर पैसा माग गरेका हुन् । उनले अर्थ सचिवलाई दाङको भरतपुरस्थित फुटबल ग्राउण्डबाट फोन गरेर पैसा माग गरेका हुन् ।

‘नमस्कार म कृष्णबहादुर महरा बोल्या’, उनले भने भिडियोमा भनेका छन्, ‘तपाई अहिले अर्थमा हुनुहुन्छ हैन ? दाङमा पुसमा नेश्नल गेम हुँदैछ । फिल्डको तयारी गर्दै हुनुहुन्छ । २०–२५ लाख देखि ३० लाखसम्म थोरै पैसा दिनु होला । व्यवस्थापकिय तयारीका लागि हो । मन्त्रीलाई पनि भन्छु ।’

रोल्पाबाट दाङमा निर्वाचन लड्न झरेका महराले मन्त्रीको पावर देखाएकोमा विपक्षी दलहरूले आक्रोश जनाएका छन् । उनीहरूले

विनाविभागीय मन्त्री बनेर ‘पावर’ देखाएर आचार संहिता उल्लंघन गरेको भन्दै आलोचना सुरु भएको छ ।

महराको भिडियो माओवादी केन्द्रका समर्थकहरूले आफ्नो फेसबुक वालमा बुधबार अपलोड गरेका हुन् ।

नेपाली कांग्रेसविरुद्ध महराले विभिन्न आचारसंहिता विपरितका क्रियाकलाप गर्दै आएका छन् ।

Published : Wednesday, 2017 November 15, 7:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया