भण्डारीले विकासको मूल फुटाइदिएपछि आत्तिए ज्ञवाली

गुल्मी । प्रतिनिधि सभा सदस्य निर्वाचन गुल्मी क्षेत्र नं १ बाट उम्मेदवार बनेका चन्द्र भण्डारीको पक्षमा अहिले गुल्मीमा व्यापक जनलहर चुलिएको छ ।

शालीन, इमान्दार र विकासप्रेमी नेताको रुपमा पहिचान बनाएका नेता चन्द्र भण्डारीको कार्यकालमा सडक, पुल पुलेसा, स्वास्थ्य शिक्षा र कृषि क्षेत्रको सुधारमा उल्लेखनीय कामहरू भए ।

अरु राजनीतिक संक्रमणको बाहाना बनाएर पन्छिन खोजिरहेको बेलामा चन्द्रभण्डारीले यस्तो उदाहरणीय काम गरेर देखाईदिएका छन् कि विकासका लागि इमान्दारिता ठूलो कुरा हो । राजनीतिक संक्रमणले विकास रोकिँदैन भन्ने तथ्यलाई सावित गर्दै उनले आफ्नो पालामा गुल्मीमा धेरै विकासका कामहरु गरेका छन् ।

२०७० सालमा भण्डारी निर्वाचित हुनुभन्दा पहिले गुल्मी जिल्लामा ५ वटा पक्की पुलहरु थिए । तर, जिल्लाले धेरै पक्की पुलको अपेक्षा राखिरहेको थियो ।

एमालेबाट यो क्षेत्रमा प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा भण्डारीले ज्ञवालीलाई नराम्रोसँग हराईदिएका थिए ।

सधैं जोखिमको यात्रा गर्नुपर्ने गुल्मीबासीहरुको समस्या देखेर नै भण्डारीले अहिले लगभग प्रत्येक नदीमा पक्की पुल बनाएका छन् । अर्थात् उनको पहलमा अहिले धेरै ठाउँमा गुल्मीबासीले पक्की पुल पाएका छन् ।

अहिले गुल्मीमा ३९ वटा पक्की पुलहरु निर्माणाधीन अवस्थामा रहेका छन् । धेरै पुलहरु केही समयभित्र नै पूरा हुँदैछन् भने एकाध पुलहरु एक दुई वर्षभित्र पूरा हुने अवस्थामा रहेको छ । ठेकेदारको ढिलासुस्तीका कारण समयमा नै निर्माण सम्पन्न हुन नसकेको यी क्षेत्रहरुमा अब फेरि एक पटक निर्वाचित हुनसके यथासक्य चाँडो यी संरचनाहरु पूरा गराउने प्रतिवद्धता भण्डारीको छ ।

उनी सांसद् हुँदामात्रै त्यो क्षेत्रको विकासमा लाग्ने नेता त होईनन् । तर, नेपालको जस्तो शक्तिकेन्द्रको भनसुनको आधारमा काम हुने प्रशासनमा सामान्य नागरिक बनेर जाँदा न त योजना पार्न नै सहज हुन्छ । न त ढिलाई गर्ने ठेकेदारलाई तह लगाउन नै ।

त्यसैले गुल्मीमा निर्माणाधीन सबै विकासका कामहरुलाई समयमा नै पूरा गर्नको लागि गुल्मीबासीहरु फेरि एक पटक भण्डारीलाई मौका दिनुपर्ने देखिन्छ ।

कूल ६४,८८७ घरधुरी रहेको गुल्मीमा ७३ प्रतिशत साक्षर नागरिकहरु रहेका छन् । अहिले ८९ प्रतिशत सुरक्षित खानेपानी र ६४.२प्रतिशत विद्युतको पहुँचमा रहेका छन् । कूल ११ सय ९ किमी सडक क्षेत्र रहेको सो क्षेत्रमा सबैप्रकारका स्वास्थ्य संस्था गरी कूल १ सय ७० प्रकारका स्वास्थ्य संस्था रहेका छन् ।

निर्माण भईसकेका र निर्माणाधीन पुलहरुको विवरण

१. पुर्तिघाट
२. सेतिबेनी
३. साघाट
४. खैरेनी
५. उल्लिखोला
६. चोरकाटे
७. सिस्ने
८. भुवाचिदी
९. इन्द्रेगौड़ा/पराल्मी
१०. झेदी
११. वामीटक्सार
१२. अर्लांगकोट
१३. अघाह (पाल्पा–दिगाम)
१४. सातमुरे
१५. मनबाग
१६. कन्याआँपघाट
१७. तालखोला
१८. लुम्दिखोला
१९. खैरेनी
२०. छल्दी खोला/भाड गाउ
२१. खर्ज्यांग
२२. तिनमुखे पुल रिडी (तीन जिल्ला जोड्ने पुल)
२३. बगाले खोला पुल

यी बाहेक २० भन्दा बढी अन्य पक्की तथा झोलुंगे पुलहरु निर्माणाधीन

Published : Wednesday, 2017 November 15, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया