कांग्रेससँग डराएर कम्युनिष्टहरूको गठबन्धन : दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङ जिल्ला र आफ्नो निर्वाचन क्षेत्र ३ मा गरेको कामका कारण मतदाताले मतदान गरेर जिताउने दाबी गरेका छन् ।

श्रीगाउँमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै गिरीले आफ्नो जित सुनिश्चित रहेको बताएका हुन् । ‘मैले क्षेत्र नम्वर ३ मा धेरै विकास गरेको छु’, उनले भने, ‘मतदाताहरूको भोट यसपटक पनि मैले पाउँछु ।’

कांग्रेस केन्द्रीय सदस्य गिरीले अहिलेको चुनाव विकास र समृद्धि रोज्ने वा झुटाको आश्वासन रोज्ने भन्ने रहेको बताए । उनले भने, ‘विकास र देश समृद्ध भएको हेर्न चाहनेहरूले कांग्रेसलाई मतदान गर्ने छन् ।’

वाम गठवन्धनका नाममा कम्युनिष्टहरूले मुलुकमा अधिनायकवाद लादने दुस्प्रयास गरिरहेको रहेको गिरीले बताए । ‘कम्युनिष्टहरूसँग सचेत रहनु पर्छ’, उनले भने, ‘अधिनायकवाद आयो भने सबैभन्दा पहिला जनताका अधिकार खोसिनेछ । प्रेस स्वतन्त्रतामाथि प्रहार हुनेछ ।’ कांग्रेसको बहुमत आउने देखेर कम्युनिष्टहरू आत्तिएर रातारात गठबन्धन बनाएको उनले आरोप लगाए ।

गिरीले दाङ जिल्लालाई प्रदेश नम्वर ५ को राजधानी बनाउनेमा आफू ढुक्क रहेको बताए । उनले दाङलाई प्रदेशको राजधानी बनाउनका कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिला नै सहमति जनाइ सकेको बताए ।

चुनावी सभालाई सम्वोधन गर्दै क्षेत्र नम्वर ३ प्रदेश ‘ख’ का उम्मेदवार वुद्धिराम भण्डारीले पश्चिमका दाङबासीको बिकासको चाहनालाई पूरा गर्न उम्मेदवारी दिएको बताए । उनले कम्युनिष्टहरूको झठो आश्वासनमा नपर्न आग्रह गरे ।

क्षेत्र नम्वर ३ प्रदेश ‘क’ का उम्मेदवार डिल्लीबहादुर चौधरीले कम्युनिष्टहरूको गठवन्धले कांग्रेसलाई कुनै फरक नपार्ने बताए । उनले भने, ‘कांग्रेसले गरेको विकास निमार्णले गर्दा हाम्रो जित निश्चित छ ।’

कांग्रेसले दुई तिहाई बहुमत ल्याउने डरले कम्युनिष्टहरूले अपवित्र गठवन्धन बनाएको भन्दै चौधरीले कम्युनिष्टहरूले व्यक्तिगत स्वार्थमा बनाएको गठवन्धन धेरै दिन नटिक्ने दावी गरे ।

कार्यक्रममा दाङ कांग्रेसका सभापति कृतिबहादुर खडका, समानुपातिक उम्मेदवार शंकर गिरी, महादेव शाह, यातायात ब्यवसायी सुरेश हमाल लगायतले कांग्रेसका उम्मेदवारहरूका पक्षमा मतदान गर्न आग्रह गरे ।

Published : Tuesday, 2017 November 14, 7:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया