कम्युनिष्टका आयातित नेतालाई दाङको विकास थाहा छैनः कांग्रेस

घोराही । दाङ कांग्रेसका नेताहरूले शान्ति र विकासका लागि कांग्रेसको विकल्प नभएको बताएका छन् ।

दाङ क्षेत्र नं. १, २ र ३ मा मंगलबार भएका चुनावी कार्यक्रमहरूका वक्ताले कांग्रेसले मात्रै मुलुकमा विकास गर्ने बताए । ‘कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्छ’, उनीहरूले भनेका छन्, ‘लोकतन्त्रमा मात्र शान्ति र विकास सम्भव छ ।’

दाङको क्षेत्र नं. २ मा रोल्पा घर भएका माओवादी केन्द्र नेता कृष्णबहादुर महराले प्रतिनिधी सभा उम्मेदवारमा उम्मेदवारी दिएका छन् । उनले कांग्रेसविरुद्ध प्रहार गर्दै दाङको सबै विकास ‘मैले गरेको हुँ’ भनेर जनतालाई भ्रम छर्दै आएका छन् । त्यसको प्रतिवादमा कांग्रेस नेताहरूले महरालाई जवाफ दिएका हुन् ।

कांग्रेसका नेता कृष्णकिशोर घिमिरेले दाङ जिल्लामा भएका हरेक विकासका कामहरू कांगेसले गरेको बताए । ‘खुमबहादुर खड्का, वलदेव शर्मासहितका हामी नेताहरूले गरेका हौँ’, उनले भने, ‘बाहिरी जिल्लाबाट आएका कम्युनिष्ट पार्टीका नेताहरूले दाङमा विकास गरेको हुँभन्दैमा दङ्गाली मतदाताले पत्याउने छैनन् ।’

कांग्रेस नेतृ अनिता देवकोटाले कांगेस शान्ति र विकासको प्रतिक भएको बताइन् । उनले भनिन्, ‘युद्धमा रहेको माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याएको हो, अहिले आएर त्यो कुरा कम्युनिष्टहरूले भुलेका छन् ।’

पूर्व जिल्ला सभापति वीरकेश्वरी गौतमले लोकतन्त्रमा सबै वर्ग, जाति, धर्मको रक्षा र पवर्द्धन हुने भन्दै लोकतन्त्र रक्षाका लागि कांग्रेस सधै लागिपरेको बताए ।

Published : Tuesday, 2017 November 14, 6:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया