‘कम्युनिष्ट शासन ल्याउने सपना साकार हुँदैन’

बुटबल, २८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्वन्द्वभन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको बताए । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति अन्तर्गत प्रदेश नं. ५ को मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै वाम गठबन्धनले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउने सपना देखे पनि त्यो साकार नहुने बताए ।

‘प्रचण्डका नाती नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन’, उनले भने, ‘हिंसाको अन्त्य गर्न माओवादीसँग एकता गरेको हो तर, सुधार्न सकिएन ।’

‘व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिष्ट पार्टीले जनतालाई घर जग्गा दिदैँ हिड्छु भन्ने कुरा कत्तिको सत्य होला’, उनले भने, ‘कांग्रेसको सरकार बने मात्र जनतालाई मालिक बनाउन सकिन्छ ।’

Published : Tuesday, 2017 November 14, 5:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया