शरद गौचनको हत्यामा संलग्न पाँच पक्राउ

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीद्वारा मंगलबार पत्रकार सम्मेलन गरेर गौचनलाई गोली हान्ने सुटर राजीव स्याङताङसहित पाँच जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन् ।

मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको विज्ञप्तिमा उल्लेख छ । ठेक्कापट्टा र फिरौती नै हत्याको मुख्य कारण रहेको प्रहरीले बताएको छ ।

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए ।

गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले डिआइजी गणेश केसीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो ।

000

घटना विवरण:-

मिति २०७४।०६।२३ गते अं. १४:५० बजेको समयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जि.कास्की, पोखरा म.न.पा.वडा नं.७ घर भई का.जि.का.म.न.पा.वडा नं.३१ शान्तिनगर  बस्ने वर्ष ६० को शरद कुमार गौचन ओमशान्ती चोकबाट नयाँवानेश्वर तर्फ जाने क्रममा का.जि.का.म.न.पा.वडा नं.३१ प्रयोग चोक गोली हानी हत्या गरेको ।

 

  • पक्राउ अभियुक्तहरू :-

१. नाम :  राजिव स्याङ्ताङ

उमेर  : २१ बर्ष

स्थायी वतन : जि.नुवाकोट, पंचकन्या गा.पा. – ५

घटनामा संलग्नता  :  सुटर

 

२. नाम  :  शिवजी महतो

उमेर  :  ३५ वर्ष

स्थायी वतन :  जि.पर्सा, कालिकामाई गा.पा. – १

घटनामा संलग्नता : हतियार र मो.सा.व्यवस्थापन

३. नाम  :  मुकेश कुमार पाण्डे

उमेर  : २४ वर्ष

स्थायी वतन :  बेतिया जिल्ला, ग्राम पंचायत चौबेटोला–७    विहार भारत

घटनामा संलग्नता  : हतियार व्यवस्थापन

४. नाम  :  सन्तोष गुरूङ

उमेर : १८ बर्ष

स्थायी वतन : जि.पर्सा, ठोरी गा.पा. – ५

घटनामा संलग्नता  : मो.सा. व्यवस्थापन

५. नाम  :  प्रकाश बुढाथोकी

उमेर  :  २२ वर्ष

स्थायी वतन :  का.जि.नागार्जुन न.पा. – ४

घटनामा संलग्नता : घटनामा सहयोगी

फरार अभियुक्तहरू :-

१. समिरमान सिंह बस्नेत

२. मनोज पुन

३. लोप्साङ

४. बोका भन्ने गंगा लिङ्देन (लिम्बु)

५. श्याम बहादुर गुम्बे

६. काले दाई भन्ने अम्बर बहादुर राना

७. रोशन बुढाथोकी

८. अजय थापा

अनुसन्धानबाट खुल्न आएका कुराहरू

  • एक महिना अगाडी देखि शरद कुमार गौचनलाई निग्रानीमा राखेको ।
  • बरामद गरिएको साईन मो.सा.भारतबाट चोरी गरी ल्याई नेपाली नं. प्लेट बा. ३५ प. २४६१ राखी प्रयोग गरेको । शिवजी महतोले भारतको वेतियाबाट ने.रू.१८ हजारमा साइन मो.सा. खरिद गरी ने.रू.२४ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको ।
  • शिवजी महतोले भारतको वेतियाबाट ने.रू.५५ हजारमा हतियार खरिद गरी ने.रू.६५ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको ।

मिति २०७४।०७।२८ गते ।

Published : Tuesday, 2017 November 14, 4:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया