भगवान बनेर आयो कांग्रेस, राजिव शाहसँग कम्युनिष्टहरू ‘फायर’

जाजरकोट । जाजरकोट जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाहले रक्तश्रावबाट पीडित चन्द्रादेवी रोका मगरलाई उपचारका लागि उद्धार गरेर ज्यान बचाइदिएका छन् ।

कुशेगाउपालिका ८, रिजापहाडाकी ३० वर्षीया रोकालाई शाहले हेलिकप्टर मगाएर नेपालगञ्ज उपचारका लागि पठाएका हुन् । शाहका कारण सुत्केरी रोकाको ज्यान बचेको छ । रोकालाई १८ घण्टासम्मको लगातार रक्तश्राव भएको थियो ।

सुत्केरी रोका ९ दिनअघि दुर्गम गाउँ रिजापहाडास्थित घरमै असुरक्षित रुपमा बच्चा जन्माएकी थिइन् । कांग्रेसका उम्मेदवार शाह रोकाका लागि भगवान बनेको आफन्तले बताएका छन् ।

कांग्रेसका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचादे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरी रोकाको उच्च रक्तश्रावबाट ज्यान जान लागेको खबर गरिएको थियो । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने बस्नेतले बताए ।

जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाडौंबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरूको टोली ल्याएर कांग्रेसका नेता शाह आफै गाउँ–गाउँमा पुगेर सर्वसाधारणको उपचार गरेका थिए ।

शाहले २०७१ मंसिर र २०७३ फागुनमा भएको बस दुर्घटनामा घाइते भएकाहरूलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार गराएका थिए ।

गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा बेला–बेलामा जाजरकोटी जनताले धेरै दुःख पाएको भन्दै सांसद शाहले व्यक्तिगत ५ करोड रुपियाँको लगानीमा कुमारी ट्रस्टमार्फत २५ शैयाको अस्पताल निर्माण सुरु गरेका छन् ।

छेडागाड नगरपालिका ५ थलबजारमा निर्माण हुन लागको अस्पतालबाट जाजरकोटी जनताले सेवा लिन सहजा हुने शाहको विश्वास छ । यो अस्पताल निर्माण भएमा जटिल प्रकारका अप्रेशनदेखि सामान्य रोगको उपचार सेवा पाउने विश्वास छ ।

यसैबीच, नेपाली कांग्रेस जाजरकोटबाट प्रतिनिधी सभाको उम्मेदवार बनेका शाहले सुत्केरीको ज्यान बचाएपछि एमाले र माओवादी केन्द्रले त्यसलाई राजनीतिकरण गर्ने प्रयास गरेका छन् ।

उनीहरूले निर्वाचनमा हेलिकप्टर ल्याएर सुत्केरीको ज्यान बचाएर मतदातालाई प्रभावित बनाएको भन्दै आक्रोश जनाएका हुन् ।

Published : Monday, 2017 November 13, 5:58 pm

3 प्रतिकृया प्राप्त “भगवान बनेर आयो कांग्रेस, राजिव शाहसँग कम्युनिष्टहरू ‘फायर’”

  • राजिब जि को भुमिका नेताको जस्तो नभयर अभिभावक को जस्तो छ ,उहाले जाजरकोट जाजरकोटि जनता प्रती देखायको प्रेम सरानिय छ ,चुनाब को कुरा भन्दा पनि समग्र ब्याबहार प्रसम्सा योग्य छ

  • राजिब शाहा इम्मन्दार नेता र समाज सेवा गर्ने जाजरकोटी जनता लाइ आबश्यक छ

  • कम्नियुष्टहरु हत्यारा हुन त्यसैले फायर भए हाेला।राजिब दाइ तपाईं अाफ्नाे कार्यलाई अगाडि बढाउदै जानुस।सेवा नै धर्म हाे। सेवा गरे अवश्य मेवा मिल्छ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया