नवराज सिलवालविरुद्ध ललितपुर एमालेमा विद्रोह, धमाधम कांग्रेसमा प्रवेश गर्दै

ललितपुर । नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणासहितका उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको छ । ललितपुर जिल्लाका दक्षिणतिर मकवानपुर जिल्लासँग सिमाना जोडिएका गाउँमा पुगेर घरदैलो गरेका छन् ।

ललितपुर क्षेत्र नं. १ को प्यूटारमा एमालेका स्थानीय नेता पूर्णबहादुर घले कांग्रेस प्रवेश गरेका छन् । उनीसहित ५ जना एमालेका कार्यकर्तालार्इ राणाले टीका लगाएर कांग्रेस प्रवेश गराका हुन् । घले स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट सदस्यका उम्मेदवार थिए ।

एमालेका घलेले कम्युनिष्टहरूका तर्फबाट उम्मेदवारहरू बनेका व्यक्ति राम्रो नरहेको बताए । उनले भने, ‘एमाले र माओवादी केन्द्रले उम्मेदवार बनाएकाहरू राम्रा मान्छे होइनन् । उनीहरूका विरुद्ध गाउँगाउँमा विद्रोह भइरहेको छ । एमालेले क्षेत्र नं. २ मा पुलिसका पूर्व डिआईजी नवराज सिलवाललाई उम्मेदवार बनाएको छ । सिलवालका कारण एमालेभित्र विद्रोह भइरहेको छ ।

माल्टामा पनि माओवादी केन्द्रका ३५ जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको प्रदेश ‘ख’ तर्फका उम्मेदवार मीनकृष्ण महर्जनले जानकारी दिए । महर्जनले भने, ‘कांग्रेसप्रति उत्साह देखिएको छ । मतदाताहरू पनि खुसी छन् ।’

गोदावरी नगरपालिका वडा नं. २ बिशङ्खुनारायण, बिष्टछापमा राप्रपाका वडाध्यक्षका उम्मेदवार लक्ष्मण विष्टसहित २५ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Monday, 2017 November 13, 10:23 am

1 प्रतिकृया प्राप्त “नवराज सिलवालविरुद्ध ललितपुर एमालेमा विद्रोह, धमाधम कांग्रेसमा प्रवेश गर्दै”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया