कांग्रेस उम्मेदवारलाई जिताउन घोराही १७ मा बन्यो समिति

घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १७ मा कांग्रेस नेता बुझौना चौधरी संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।

क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजु खनाल र प्रदेश ‘१’का उम्मेदवार कमल किशोर घिमिरेको उपस्थितिमा चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सहसंयोजक निरज गौतम र सन्तोष योगी रहेका छन् । समिति ३ सय १ सदस्यीय बनाइएको छ ।

वडाध्यक्ष बुझाउना चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा पूर्व सांसद कृष्णकिशोर घिमिरेसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

भेलाले गोविन्द गोराथोकीको संयोजकत्वमा आर्थिक उपसमिति, भोला जिएमको संयोजकत्वमा युवा परिचालन उपसमिति, उषा शर्मा मजगैँयाको संयोजकत्वमा महिला परिचालन समिति, नारायणप्रसाद शर्माको संयोजकत्वमा अनुगमन उपसमिति, गणेश पोखरेलको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरिएको छ ।

चेतनाथ ज्ञवालीको संयोजकत्वमा अनुसासन उपसमिति, सन्तोष सुवेदीको संयोजकत्वमा सञ्चार उपसमिति पनि गठन भएका छन् ।

समिति र उपसमितिहरूले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन विशेष अभियान चलाउने दाङ कांग्रेसले जनाएको छ ।

Published : Sunday, 2017 November 12, 7:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया