माओवादी केन्द्र र एमालेको एकता भाँडियो, चुनावसम्म गुपचुप राख्ने

काठमाडौं । पार्टी एकता गर्ने भन्ने नारा दिएर आफ्ना कार्यकर्ताको भावनामाथी ‘इमोसनल व्ल्याकमेल’ गर्दै चुनावमा संगै गएका एमाले र माओवादी केन्द्रवीचको एकता तुहिएको छ ।

मंसिर ९ मा एकता हुने भनिएता पनि त्यो मितिमा एकता नहुने भन्दै नेताहरुले खण्डन गर्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले मंसिर ९ गते एकता गर्न नभ्याइने भन्दै स्टाटस लेखेका छन् ।

उनले ‘मार्ग निर्देशक सिद्धान्त, इतिहासको मुल्याङ्कन र संगठनात्मक एकरुपता कायम गरी मंसिर २१ गते लगत्तै एकता हुने छ’ लेखेका छन् । मंसिर ९ गते एकता नहुने भएपछि निर्वाचनको नतिजामा असर पर्छ कि भन्ने त्रासले मंसिर २१ पछि भनेर आश्वासन बाड्न थालिएको हो ।

अहिले पार्टी एकता भाड्न शीर्ष नेताहरु नै लाग्न थालेका छन् । प्रचण्ड नै चुनावमा ठूलो हुन एमालेको साथ लिने र नतिजा हेरेपछि कांग्रेससंग मिलेर भएपनि सरकारमा जाने ‘स्पेश’ बाँकी राख्ने मनस्थितिमा छन् । त्यसैले उनी एकता प्रक्रियालाई ‘डाइभर्ट’ गर्ने पक्षमा छन् ।

प्रचण्डका प्रेस संयोजकको ‘पार्टी एकता सार्ने’ स्टाटस आए लगत्तै एमालेका नेता तथा दाङमा चुनाव लड्दै गरेका शंकर पोख्रेलले झनै उत्साहित हुँदै ९ गते एकता नहुने स्टाटस लेखेका छन् । ‘एकता हुने कुरामा शंका छैन, तर मंसिर ९ मा हुँदैन’ उनको स्टाटसमा भनिएको छ ।

चुनावी अभयानमा पनि माओवादी केन्द्रलाई हेप्ने, उसले गल्ति गरेको र एमालेले उसलाई सच्याउन लागेको भन्ने अभिव्यक्ति दिने र माओवादीका स्थानीय नेताहरुको मानमर्दन गर्दै प्रचार अभियान चलाउने पोख्रेल पनि माओवादी केन्द्रसंगको एकताको बिपक्षमा पार्टी भित्र अभियान चलाइरहेका छन् । चुनाव अगाडि नै एकता भाडियो भने माओवादीको मत नआउने त्रासले उनी चुनावपछि एकता हुन्छ भन्दै माओवादी मतहरु सुरक्षित राख्ने मुडमा देखिन्छन् ।

त्यसो त दाङमै माओवादी केन्द्रबाट उम्मेदवार बनेका कृष्णबहादुर महरा पनि एमालेसंगको एकता प्रक्रियालाई अलपत्र पार्ने मुडमा छन् । केपी ओली सरकार ढाल्ने र प्रचण्ड देउवा समिकरण बनाउन भूमिका खेलेका र ठूलो धनराशी खर्चेका उनीप्रती एमालेका बुद्धिजिवीहरुको आकर्षण बढ्न सलकेका छैन ।

उनी पनि एमालेसंग रिसाउदै चुनावी अभियानमा हिडेका छन् । दिनभर कृत्रिम हासो हास्दै मत माग्ने र बेलुका एमालेका स्थानीयदेखि केन्द्रका नेताहरुलाई फोन गरी ‘आफुले हारेमा एकता हुन पनि नदिने र एमालेका बिरुद्ध मोर्चाबन्दी गर्ने’ धम्कि दिने गरेको उनी निकटका स्रोतहरुले बताउदै आएका छन् ।

Published : Sunday, 2017 November 12, 2:38 pm

1 प्रतिकृया प्राप्त “माओवादी केन्द्र र एमालेको एकता भाँडियो, चुनावसम्म गुपचुप राख्ने”

  • एकता के हुन्थ्यो र खै? चुनाबपछि ए ! कता भन्ने शिवाय अरु केहि हुदैन

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया