कम्युनिष्टहरूको तालमेल कि पार्टी बिलय ?

२०७२ को संबिधानले थ्रेसहोल्डको व्यबस्था गरेपछि च्याउ उम्रेसरी जन्मेका साना दलहरु छट्टाछुट्टै भान्सा बनाएर राख्न नसक्ने भए नत यिनका चुलामा आगो जल्ने भयो । लामो समयसम्म राजनीतिलाई पेशा बनाएर बसेकाहरु आफनो पद यात्रा समाप्त भएको हो कि ? भन्ने अबस्थामा पुगेका छन । बर्तमान अबस्थामा संबिधान कार्यान्वयनको लागी चुनाब अपरिहार्य नै देखिएको छ ।

लोकतन्त्रलाई मजबुत गराउनको लागी पनि निर्वाचन अनिबार्य छ । राजनीतिक बिकृतिलाई ठेगान लगाउन पनि निर्वाचन अनिबार्य जस्तै देखिएको छ । हामीले नेतृत्व, पद्दती, आचरण सबैमा उत्कृष्टता खोजेका थियौं । गणतन्त्र, संघीयता , समावेशिता हाम्रो समृद्धिको लागी कोषे ढुङ्गा साबित हुन्छ भन्ने सोंचेका थियौ तर हाम्रा शैली र सोंच पुरातन वादी, व्यक्तिवादी र आफनो भलोको लागी जडशुत्रवादी भन्दा अरु देखिएको छैन ।

आर्थिक लेनदेन मात्र भ्रष्टाचार होइन आँचरण व्यबहारमा पनि भागबण्डाको राजनीतिले नेतृत्व गणमा बस्ने, परिवारका सदश्य अफन्त र रोजी बिनाका निर्वाचन क्षेत्रको कारणले पनि राजनैतिक भ्रष्टाचारको अबस्था देखाइदिएको छ । आफनो भलाइ त सबैको भलाइ मात्र देख्ने राजनैतिक नेतृत्वको कारणले पनि आम नेपालीले राजनीतिलाई फोहोरी खेलको रुपमा देख्ने गरेका छन । हामीले व्यबस्था परिवर्तनको बारेमा धेरै समय खर्चेका छौं तर आफु परिवर्तन हुने कुरामा अलिकति पनि सोंच राख्दैनौ । यदि कसैले परिवर्तनको कुरा गरि हाले कि त त्यो अराजक बन्ला पार्टी नीति भन्दा फरक अस्तित्वको् रुपमा चित्रण गरिएला र उसको उछितो काढने बाहेक अरु देखिदैन ।

नेताहरु राजनीतिलाई खल्तिको मसला जस्तो सम्झिएका छन । जनताले कसलाई मत दिने र कसरी नेतृत्वमा पुराउन सकिन्छ भन्दा पनि नेताले इच्छाएको व्यक्तिलाई नै उमेदवार बनाउनुले बास्तविक रुपमा नेताहरुको सोंचमा परिवर्तन देखिएको छैन । गुण्डा, अपराधी, असामाजिक र राजनैतिक पहुँचका मान्छेलाई टिकट दिएर राजनैतिक बर्चश्व कमाउँदा पनि कार्यकर्ता त्यसैको पछि लाग्न बाध्यात्मक अबस्था श्रृजना गर्नु आम नागरिकको लागी कम पीडादायी हुँदैन । बिगतमा राजनीतिक व्यक्तिहरु त्यागी र निःस्वार्थ रुपमा लागेका थिए त्यसैले समाज परिवर्तनको संबाहकको रुपमा हेर्ने गरिन्थ्यो तर आज त्यस्तो देखिएको छैन ।

बर्तमान अबस्थामा चुनाब जित्नकै लागी मात्र हत्कण्ठाहरु अपनाउन थालियो । राजनैतिक बिचार र निष्ठामा ओझेल बनाइदै छ । समानुपातिक प्रणालीको कारण बहुमतको सरकार नहुने र एउटा एउटा साँसद पनि करोडको मुल्यमा बिक्रि हुन सक्ने कारणले पनि राजनीतिलाई सामाजिक प्रतिष्ठा भन्दा व्यापारिक मोलतोलको रुपमा अगाडि बढाइदै छ ।

बिज्ञ, दुरदृष्टी, योजनाकारलाइ बिकासको अभियन्ताको रुपमा अगाडि सार्दा त्यस्ता व्यक्तिको प्रतिद्वन्दी सामान्य खालका व्यक्तिलाई बनाउँदै त्यसमा तालमेल र गठबन्धन गर्दै राज्यको मोलतोल गरिदैं छ यो भन्दा बिडम्बना के हुन सक्ला ? देशको बिकास दर्शनको व्याख्याले मात्र हुँदैन व्यक्तिका दुर दृष्टिले हुने हो ।

रुसका लेनिन, चिनका माओ, सिंगापुरका लि क्वान यु , मलेशियाको महमद महाथिरको सबल नेतृत्वले नै देशलाई माथि उठाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको हो । गरिवी र पछौटे पनले छटपटाएका थुप्रै मुलुकहरु बिज्ञ, विकास प्रेमी र आफनो नेतृत्वलाई सही तरिकाले परिचालन गरेकै कारणबाट मुलुकले निकास पाउन सकेको हो ।

आगामी मङसिर १० र २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै तालमेल र गठबन्धनका समाचारहरु अगाडि आइरहेका छन । यस परिस्थितिमा कतिपय पार्टीहरु लोकतान्त्रिक समुहमा बिलय भैसकेका छन । बिजय गच्छदारको लोकतान्त्रिक फोरम, कुमार खडकाको अखण्ड पार्टी नेपाल जस्ता पार्टीहरु नेपाली काँग्रेसमा बिलय भैसकेका छन भने राष्टसेवक लोकतान्त्रिक समुहका अध्यक्षले आफनो पार्टी नेकपा एमालेमा बिलय भएको घोषणा गरेका छन ।

कतिपय राजनीतिमा खेल्ने व्यक्तिहरु ठुला दलको चुनाव चिन्ह लिएर उठदैछन । उनीहरु पार्टीमा बिलय भन्न पनि हिचकिचाउने र चुनाब पनि जित्नै पर्ने अबस्था श्रृजना गर्दै छन । पछिल्लो समय तालमेलका नाममा नेपाली काँग्रेस र राप्रपा, काँगेस र नयाँ शक्ति ,नेपाली काँग्रेस र तराइ मुलका पार्टीहरु वीच पनि तालमेलका कुराहरु उठीरहेको छ ।

यसै गरी बाम गठबन्धनका नाममा नेकपा एमाले र माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा वीच तालमेलका कुराहरु उठीरहेका छन । चुनावी तालमेल यस अर्थमा ठीक हो जुन कुरा आफनो सिद्धन्त, विचारहरुलाई भोली बन्ने सरकारको माध्यमबाट मुलुकमा लागु गर्न सकियोस भन्ने अभिप्राय नै हो तर बिचार, सोंच, दर्शनलाई आफनो आफनो तरिकाले व्याख्या गर्नेहरुका हकमा संसदमा जाने भ-याङ मात्र देखिन्छ जुन भोलीका दिनमा ३ प्रतिशत मत ल्याउन नसक्ने पार्टीले भत्ता पाउन र सरकारमा जाने सौदाबाजी बाहेक अरु हुनेछैन । यस प्रकारका राजनैतिक पार्टी र व्यक्तिहरु तालमेल गरिएका ठुला पार्टीहरुमा बिलय हुने बाहेक अरु हुने देखिदैन ।

२०४६ सालको आन्दोलन पछि जन्मिएको राप्रपा ०६२ । ०६३ को आन्दोलनले संबैधानिक राजतन्त्रलाई बिदाइ गर्दै स्थापना भएको गणतन्त्र नेपाल पछिको उसको राजनैतिक कार्य दिशा नेपाली काँग्रेसमै मिलान हुन योग्य देखिएको छ । राजनीतिक पार्टीको यात्रा एउटा कोणबाट शुत्रपात भएको थियो तर यो पार्टीको राजनैतिक यात्राको अगाडिको पाटो राजतन्त्र बन्न सकेन फलतः यसले लोकतान्त्रिक पार्टीमै बिलय हुने बाहेक अरु देखिएन त्यसैले पनि यो तालमेल धेरै हदसम्म उपयुक्त छ ।

बामपन्थि राजनीतिबाट अगाडि बढेका बाबुराम भटराईको नयाशक्ति पार्टी माक्सवाद छाडि सकेको अबस्थामा लोकतान्त्रिक पार्टीको तालमेलमा उनको सुरक्षण अबतरण बन्न गएको छ । तराई मुलका क्षेत्रीय पार्टीहरुको राजनैतिक रुपमा अगाडि बढने राजनैतिक दर्शन देखिदैन जसको लागी पनि आज नभए भोली लोक तान्त्रिक पार्टीमा बिलय हुने नै देखिन्छ ।

बाम धुर्बिकरणका नाममा देखिएको नेकपा एमाले र माओबादी केन्द्रको तालमेल पार्टी एकिकरणको समेत सन्देश दिंदै अगाडि बढेको चुनाबी तालमेल बर्ग समन्वयवादी दृष्टिकोणमा अगाडि बढेको छ । यस अर्थमा भोलीका दिनमा राजनैतिक विचारधाराको कोणबाट एक भएमा कुनै आश्चर्य हुने छैन ।

नेकपा मसाल वा राष्ट्रिय जनमोर्चाले भन्ने गरेको दक्षिण पन्थि भासमा जाकिंदै गरेको नेकपा एमाले, मध्यपन्थि,उग्रबाम पन्थिको सोंचका साथ अगाडि बढेको माओवादी केन्द्र दक्षिण पन्थि नै हुने भएकोले यि पार्टीहरु क्रान्तिकारी धारबाट बिचलित हुँदै दक्षिण पन्थि नै हुने उदघोष गरेका थिए यसका द्रष्टा २०२० साल देखि छुट्टै धारको प्रतिनिधित्व गर्दै आएका मोहन बिक्रम सिंहको चुनावी मोहले उनी कति क्रान्तिकारी हुन भन्ने सम्बन्धमा प्रतिनिधि सभामा आफनो पत्नीलाई एउटा सदश्य बनाउन गरेको सफल प्रयासले स्पष्ट गरेको छ नै ।

राजनीतिमा कति स्वार्थ लुकेको छ र यसलाई कुनै बेला पत्नी ढीपीको व्याख्या गरे वा चुनाव पछि आत्मा आलोचना गरे भने कुनै आश्चर्य हुने छैन तर पनि यस परिस्थितिमा बाम पन्थि पार्टीका नाममा गरिएका जस्तो सुकै व्याख्या बिश्लेषण भए पनि उनको बर्तमान अबस्थामा गरेको तालमेल पार्टीको अबसान वा नेकपा एमालेमा बिलय गराउने प्रमुख भुमिका बाहेक अरु हुने छैन ।

जीवनको उत्तरार्ध अबस्थामा गरेको उनको यस हरकतले यो देशमा दुइटा ठुला पार्टी बनाउन त भुमिका खेल्ला बामपन्थि राजनीतिमा होमिएकाहरु मेहनत गरेर सबै नागरिकलाई गास बास कपासको ग्यारेण्टी र त्यस्ता नागरिक माथि प्रताडित गर्ने, शोषण गर्ने राज्य शत्ता बिरुद्धको लंडाइ गरेर शोषित पीडित मानिसलाई संगठित गरेर शासनमा पुराउन सकिन्छ भन्ने सोंचका साथ अरुलाई प्रशिक्षित गरेकोमा अब आम कार्यकर्ताले पताउने छैनन । समानता र समता मुलक राज्य सिर्जना गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै संघर्षमा होमिएका कार्यकर्ता उनको प्रशिक्षण पिंद नभएको गाग्रोको रुपमा लिनेछ ।

धन्यवाद ।

Published : Saturday, 2017 November 11, 6:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया