वामपन्थीहरूसँग दाङमा भिड्दै कांग्रेस नेतृ चौधरी, जित पक्का

घोराही । ‘चुनाव लड्नको लागि पैसा छैन भनेर मलाई पछाडि नपार्नुस् । टिकट दिनुस् चुनाव जितेर देखाउँछु’, प्रतिनिधीतर्फकी एक मात्र दाङ कांग्रेसकी एक्ली महिला उम्मेदवार सुशीला चौधरीले चुनावमा टिकट पाउनको लागि पार्टी नेतृत्व समक्ष यसरी कुरा राखेको सम्झिइन् । दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसतर्फबाट चौधरी दोश्रो पटक प्रतिनिधी सभामा भिड्दै छिन्, उनी ।

दाङमा मंसिर २१ गते दोस्रो चरणमा प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा तीन जना प्रतिनिधी सभामा छानिदै छन् । ६ जना प्रदेश सभा सदस्यमा छानिदै छन् ।

निर्वाचन क्षेत्रमा उमेदवारहरू आफनो पक्षमा मत तान्नको लागि जनताको घर आँगनमा पुगिसेका छन् । त्यही भिडमा प्रतिस्पर्धा गर्दै छिन एक्ली महिला उम्मेदवार चौधरी । उनको यो प्रतिस्पर्धा जित दोहोर्‍याउने अवसर समेत बनेको छ ।

चौधरी ०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन क्षेत्र नं. दुईवाट निर्वाचित भएकी थिइन् । त्यो जनमतलाई आफ्नो पक्षमा पार्ने कसरतमा रहेकी उनको साहस छ । दाङमा मुख्य राजनीतिक दल नेपाली कांग्रेस र बाम गठवन्धन नै हो ।

वाम गठवन्धनले महिलाहरूलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको भएपनि प्रत्यक्षमा भने महिलालाई स्थान दिएका छैनन् । वाम गठबन्धनले कांग्रेस नेतृ चौधरीसँग पुरुष नेता मेटमणि चौधरीलाई उठाएको छ ।

राप्ती गाउँपालिका पिपरीकी चौधरीको राजनीतिक यात्रा ०५८ सालबाट सुरु भएको हो । उनका जेठाजु हरिप्रसाद चौधरीको प्रेरणा र श्रीमानको सहयोगले राजनीतिक क्षेत्रमा प्रवेश गरेको उनी बताउँछिन् । ०६४ सालको निर्वाचनमा समानुपातिक उमेदवारमा नाम सिफारिस भएको थियो । ०२५ सालमा जन्मिएकी चौधरीको ०४१ सालमा विवाह भएको थियो ।

चौधरीको क्षेत्रमा ६५ प्रतिशत थारु छन् । यसपटक भने रामपुर र लक्ष्मीपुरको आधा, घोराही उपहमानगरपािलका एक, दुई, तीन र पाँच वडा र देउखुरी क्षेत्रमा क्षेत्र नं. १ मा परेको छ । उनीले यसपटक पनि आफूले चुनाव जित्ने दाबी गरेकी छिन् ।

देउखुरी क्षेत्रमा महिलाहरूलाई घर बाहिर निकाल्ने सक्षम महिला पनि कांग्रेस नेतृ चौधरी हुन् । त्यसमा पनि चौधरी समुदायको महिलाहरूलाई घर बाहिर ल्याउन कठिन् थियो । ‘पहिलेको चुनावमा यहाँको सबै महिलाहरूलाई चुनावको प्रचार–प्रसारमा उतारे, सबै महिलाले साथ दिएका थिए’, उनले भनिन्, ‘यस पटक पनि उत्तिकै साथ छ, चुनाव नजित्ने कुरै हुँदैन् ।’

०७० को चुनाव जितिसकेपछि महिलाको पक्षमा संविधान बनाउन नेतृ चौधरीले भूमिका खेलिन् । आफ्नो निर्वाचन क्षेत्रमा सिँचाइ, बाटो, खानेपानी र विद्युत्, विद्यालयको भौतिक निर्माण बजेट पनि उनले छुट्टाएकी थिइन् । सवारीकोटमा विद्युत उनले पुगाएकी हुन् । महिलाको क्षमता वृद्धि, सामुदाियक भवन निर्माण पनि चौधरीले गरेकी हुन् ।

Published : Friday, 2017 November 10, 6:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया