एमाले पार्टी राष्ट्र विरोधीहरूको जमात हो : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लाबाट औद्योगिक क्रान्तिको सुरुवात गर्ने आधार प्रस्तुत गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पौडेलले जिल्लामा भएका सबै सम्भावनाको सदुपयोग गर्न सके औद्योगिक क्रान्तिको सुरुवात गर्न सकिने बताए ।

चुनावी सभाकै क्रममा सम्बोधन गर्दै पौडेलले तनहुँमा पर्ने सेतीको पानी कालीमा झारेर १ सय ५ मेगावाट विजुली उत्पादन गर्न सकिने बताए ।

तनहुँमा गिरिजाप्रसाद स्वास्थ्य प्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता पौडेलले व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाका लागि भारतसँग सैद्धान्तिक सम्झौता भइसकेको पौडेलले जानकारी दिए । तनहुँको जिल्ला अस्पतालको पनि क्षमता विस्तार गरेर गुणस्तरीय सेवा प्रदान गर्न सक्ने अवस्थामा पुगाउने प्रतिवद्धता पौडेलले गरेका छन् ।

अबको पाँच वर्षभित्र जिल्लाका शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा उल्लेख्य काम गरेर काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य गर्ने पौडेलले बताएका छन् । ‘आउँदो पाँच वर्षभित्रमा कायापलट हुन्छ । जनतालाई सुखी जीवन दिलाएरै छाड्छु । निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने काम मेरो हो’, पौडेलले भने ।

फरक प्रसंगमा पौडेलले एमाले–माओवादीका चारजना प्रधानमन्त्री बन्दा संविधान निर्माण गर्न नसकेको उदाहरण दिँदै देश विकास गर्छु भनेर गफ हाक्दैमा जनताले मत नदिने बताए । कांग्रेसले सरकारको नेतृत्व गर्दा संविधान निर्माण भएको र चुनाव समयमा नै सम्पन्न हुन गइरहेको उदाहरण पेश गर्दै पौडेलले आगामी दिनमा देशलाई विकास र समृद्धि दिनका लागि पनि कांग्रेस नै सक्षम रहेको बताए ।

मधेशीलाई राष्ट्रविरोधी भन्नेहरुबाट राष्ट्रियता बलियो हुन्छ भन्ने अपेक्षा नगर्न उनले सचेत गराए ।

१०३ औं गणेशमान जयन्ती मनाउने क्रममा गणेशमान चोकमा रहेको गणेशमान स्मारक पार्ककमा एक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका काग्रेसका नेताहरुले गणेशमानप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

पौडेलले गणेशमान सिंह त्यागको प्रतिमूर्तिको भएको बताएका थिए । त्यस्तै गणेशमानले देखाएको बाटोमा सबै नेपाली जनता हिड्नुपर्नेमा समेत पौडेलले जोड दिएका थिए ।

यसैगरी काग्रेस वरिष्ठ नेता पौडेलले शुक्रबार बिहान नेपाली काग्रेस व्यास २ को चुनावी प्रचार— प्रसार कार्यालय उद्घाटन गरेका छन् ।

Published : Friday, 2017 November 10, 5:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया