महतोलाई कम्युनिष्टहरूको समर्थन, निधि अफ्ठ्यारोमा

काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ का हेवीवेट उम्मेदवारद्वय विमलेन्द्र निधि र राजेन्द्र महतोको चर्चा चुलिदै गएको छ ।

मधेस आन्दोलनका नाइके मानिने महतो र कांग्रेका प्रभावशाली नेता निधिबीच एउटै क्षेत्रमा चुनावी भिडन्त हुने भएपछि कसले बाजी मार्छ भन्ने विषय सबैको चासो बनेको छ ।

दुवै उम्मेदवारले एकले अर्कालाई पराजित गरिछाड्ने दाबी गरिरहेका छन् । पछिल्लो घटनाक्रमले निधी पछाडि पर्ने हुन् कि भन्ने आशंका पैदा भएको छ ।

वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले महतोलाई सघाउने विषयमा छलफल भइरहेको छ । गठबन्धनका उम्मेदवार यादव पनि धनुषा क्षेत्र नम्बर ३ कै उम्मेदवार हुन् ।

यादवले महतोलाई सघाएको खण्डमा निधीलाई चुनाव जित्न निकै कठीने हुने देखिन्छ ।

निधीलाई हराउनकै लागि अन्त कतै तालमेल नगरेका वाम गठबन्धन र राजपाबीच धनुषा क्षेत्र नम्बर ३ मा महतोलाई सहयोग गर्ने विषयमा उम्मेदवारद्वय महतो र यादवबीचमा नै कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

अर्कोतिर कांग्रेसकै कतिपय नेताले निधिलाई हराउने षडयन्त्र गरेको आशंका गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र मानिएका निधीले चुनाव जितेको खण्डमा प्रधानमन्त्री पदकै दाबीसम्म गर्ने आशंकामा कांग्रेसका केही नेताहरू निधीलाई हराउन चाहेको आशंका गरिएको छ ।

यद्यपि निधि आफैँ पनि धनुषा क्षेत्र नम्बर ३ मा लोकप्रिय नेता भएकाले कसैले हराउन नसक्ने दाबी कतिपयले गरेका छन् ।

एमालेका उम्मेदवार समेतले महतोलाई सघाएर उम्मेदवारी रद्द गरेको खण्डमा निधिको जित कठिन हुने स्थानीय नेताहरूले बताएका छन् ।

Published : Friday, 2017 November 10, 9:42 am

1 प्रतिकृया प्राप्त “महतोलाई कम्युनिष्टहरूको समर्थन, निधि अफ्ठ्यारोमा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया