नायक श्रेष्ठ बने कांग्रेसका उम्मेदवार, पाण्डेलाई टक्कर दिँदै

काठमाडौं । फिल्म निर्माता एवम् नायक मदुकुमार श्रेष्ठले धादिङ क्षेत्र नं. १ तर्फ प्रदेशसभाको ‘क’मा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठले ‘बिन्दास’, ‘बिन्दास २’, ‘बजार’ लगायतका फिल्म बनाएका हुन् । ती फिल्महरूमा श्रेष्ठले नायकको भूमिकामा पनि खेलेका छन् ।

धादिङ क्षेत्र नं. १ ‘क’ मा एमालेबाट राजेन्द्र पाण्डे उम्मेदवार छन् । एमालेका पाण्डेलाई श्रेष्ठले कडा चुनौती दिने दाबी गर्दै आएका छन् ।

चुनावी प्रचार प्रसार तीब्र बनाएका कांग्रेसका उम्मेदवार श्रेष्ठले गाउँगाउँमा मतदाताहरूको आफू र कांग्रेसका अन्य उम्मेदवारहरूका पक्षमा मत मारिरहेका छन् ।

‘जिल्लाको विकासका लागि कांग्रेसले धेरै काम गरेको छ’, उनले भने, ‘यसअघि जितेर गएका एमालेका उम्मेदवारहरूले राम्रो काम गर्न सकेनन् । अब कांग्रेसलाई मतदाताहरूले जिताएर पठाउनु हुनेछ ।’

Published : Friday, 2017 November 10, 9:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया