यी हुन ओलीका भावी प्रधानमन्त्री, रिसाए प्रचण्ड, एमालेभित्र खैलाबैला

काठमाडौं । नेकपा (एमाले)ले आदिवासी, जनजाति र नेवार समुदायलाई कसरी पाखा लगाउँदै छ भन्ने कुराको प्रमाण केपी ओलीले दिएका छन् ।

ताप्लेजुङको चुनावी कार्यक्रममा सहभागी ओलीले तीन दिन अगाडि योगेश भट्टराईलाई मन्त्री बनाउने आश्वासन दिए । ओलीले भने, ‘तपाईहरूले जिताएर पठाउनुस् योगेश भट्टराईलाई मन्त्री बनाउने जिम्मेवारी म लिन्छु ।’

त्यस्तै दृश्य ओलीले मंगलबार पनि दोहोर्‍याए । एमालेका महासचिव ईश्वर पोखरेललाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारे ।

काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका पोखरेलको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले योगेश भट्टराईलाई मन्त्री बनाउने क्रममा दिएको जस्तै अभिव्यक्ति दिए ।

‘ईश्वर पोखरेल एमालेको तर्फबाट भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने व्यक्ति हुनुहुन्छ । उहाँलाई जसरी पनि जिताउनुस्’, ओलीले भनेका छन् । ओलीको यो अभिव्यक्तिबाट अबको प्रधानमन्त्री पद एमालेबाट कसैले नताके पनि हुन्छ ।

अध्यक्ष ओलीले एमालेभित्र अरु नेताहरू किन देख्दैनन् भनेर आलोचना समेत सुरु भएको छ । ईश्वर पोखरेल र योगेश भट्टराईका पक्षमा खुलेर देखिएका ओलीको यो व्यवहारले एमाले नामक पार्टी महिला, दलित, नेवार, तामाङ, लिम्बु, गुरुङ, मधेसी लगायत अल्पसंख्यकको पक्षमा छैन भन्ने देखाएको आरोप लाग्न थालेको छ ।

एमालेमा सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, छविलाल विश्वकर्मा जस्ता नेताहरू पनि छन् । यो कुरा किन ओलीले भुलेका हुन् एमालेभित्र खोजविनको विषय बनेको छ ।

माओवादी केन्द्रसँग पार्टी एकीकरणको कुरा चलाइरहेका ओलीले प्रधानमन्त्रीका रुपमा ईश्वर पोखरेललाई अगाडि सारेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झस्किएका छन् । पार्टी अध्यक्ष वा प्रधानमन्त्री पद ताकेका प्रचण्डलाई ओलीको पछिल्लो व्यवहारले सशंकित तुल्याएको हो ।

एमालेका नेता सुवासचन्द्र नेम्वाङहरू पनि चिडिएको स्रोतको भनाइ छ । त्यति मात्रै होइन वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरू पनि ओलीको कार्यशैलीबाट डराएका छन् ।

Published : Wednesday, 2017 November 8, 9:47 am

1 प्रतिकृया प्राप्त “यी हुन ओलीका भावी प्रधानमन्त्री, रिसाए प्रचण्ड, एमालेभित्र खैलाबैला”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया