माओवादी उम्मेदवार हतियारसहित फेला, सुरु भयो आतंक
गोरखा । गोरखा जिल्लामा माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार सुशीला सिंखडा चढेको मोटरसाइकलमा पेस्तोल बरामद भएको छ ।
प्रहरीले मंगलबार चेकजाँच गर्ने क्रममा पेस्तोलसहित तीन राउण्ड गोली फेला परेको हो ।
निर्वाचन लक्षित गरी प्रहरीले गोरखाको भीमसेन गाउँपालिका वडा नं. ३ धावामा चेकजाँच गर्ने क्रममा बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलमा ९ एमएमको पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको जनाएको छ ।
मोटरसाइकल चालक भीमसेन ४ निवासी गुणप्रसाद खनाल भने फरार छन् । डिएसपी भेषराज रिजालका अनुसार पेस्तोल र गोलीका विषयमा माओवादी केन्द्रकी उम्मेदवार सिंखडासँग कडा सोधपुछ गरिएको छ ।
चालक खनालले बोकेको झोलाबाट प्रहरीले पेस्तोल बरामद गरेको जनाएको छ । झोला छाडेर खनाललाई उम्मेदवार सिंखडाले भगाएकी थिइन् ।
माओवादीका उम्मेदवार हतियारसहित फेला परेपछि गोरखाका मतदाताहरू आतंकित बनेका छन् । प्रहरीलाई पनि सुरक्षा बनाउन थप चुतौती थपिएको छ ।
नेता सबै गुन्दा हुन