‘यस्तै गरे भने कम्युनिष्ट पार्टीहरू नेपालबाट लोप हुन्छन्’

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरू छिट्टै लोप हुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले कम्युनिष्ट पार्टीहरू नेपालबाट उन्मुलन हुने बेला आएको बताए ।

‘निरंकुश राणा शासन ढल्यो, पञ्चायत टिकेन, राजतन्त्र गयो, प्रचण्ड र केपी ओली नामका दुईजना कम्युनिष्ट नेता मिल्दैमा नेपालमा कम्युनिज्म आउँदैन लोकतन्त्रका लागि निरंकुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरंकुशता स्वीकार गर्नै सक्दैनन ।’

‘पूर्वी जर्मनीमा कम्युनिष्टहरूले लगाएको पर्खाल युवाहरूले तोडे । त्यसरी नै नेपाली युवाले निरंकुश र अधिनायकवादको मार्गमा जान अग्रसर नेपालका कम्युनिष्टहरूको महत्वकांक्षाको पर्खाल चकनाचुर पारिदिनु पर्छ’, उनले भने ।

उनले कम्युनिष्ट नेताहरूले उठाएको खोक्रो राष्ट्रवादलाई पनि उदांगो पार्नु आवश्यक भएको उल्लेख गरे ।

Published : Tuesday, 2017 November 7, 6:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया