ओलीले देखाए शक्ति, प्रचण्ड रिसाए, रोकियो चुनावी कार्यक्रम

काठमाडौं । संयुक्त रुपमा चुनावी कार्यक्रम राखेर एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा सम्बोधन गर्ने भनिएका कार्यक्रमरूबारेमा दुबै दलका शीर्ष नेताहरूबीच खटपट भएको छ ।

केपी ओलीले आइतबार ताप्लेजुङमा एक्ले गएर धमाकेदार सम्बोधन गरेपछि प्रचण्ड असन्तुष्ट बनेको स्रोतले जनाएको छ । पार्टी एकतासम्मको लक्ष्य लिएका एमाले–माओवादी केन्द्रभित्र सम्बोधन गर्ने विषयमा विवाद भएको हो । ओलीले ताप्लेजुङमा एक्लै सम्बोधन गरेर प्रचण्डलाई हैसियत देखाएको एक नेताले बताए ।

पार्टी एकता संयोजन समितिले आयोजनामा ताप्लेजुङमा आइतबारबाट सुरु गरिएको संयुक्त कार्यक्रम तत्कालका लागि स्थगित भएको हो । केपी ओलीले आफू खुसी ताप्लेजुङको फुङलिङमा चुनावी सभालाई सम्बोधन गरेपछि प्रचण्ड रिसाएको स्रोतले जनाएको छ ।

शीर्ष नेताहरूको व्यस्तताको कारण देखाउँदै अभियान तत्काललाई स्थगित गरिएको बताइएको छ । एकता र तालमेलको सन्देश दिन आइतबारबाट सुरु गरिएको एकहप्ते अभियान स्थगित गरिएको नेताहरूले बताएका छन् ।

अभियानको पहिलो कार्यक्रमअन्तर्गत एमाले अध्यक्ष केपी ओली आइतबार ताप्लेजुङमा आयोजित चुनावी सभामा सहभागी भए पनि चुनावी कार्यक्रमको व्यस्तताका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड सहभागी भएनन् । आफ्नो चुनावी क्षेत्र चितवन–३ मा प्रचण्ड व्यस्त छन् ।

यद्यपि, जिल्लादेखि गाउँ तहसम्म संयुक्त भेला, चुनावी सभा लगायत कार्यक्रम भने जारी राखिएको बताइएको छ ।

Published : Monday, 2017 November 6, 1:24 pm

1 प्रतिकृया प्राप्त “ओलीले देखाए शक्ति, प्रचण्ड रिसाए, रोकियो चुनावी कार्यक्रम”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया