हिन्दूधर्मप्रति प्रकाशमानको आस्था, देवीको मन्दिरमा झुक्यो शिर

काठमाडौं । ‘विजयपछि फेरि आउँछु कात्यानी माई’ भन्दै नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्रनम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भीमसेनगोलास्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर घरदैलो अभियान सुरु गरेका छन् ।

सोमबार बिहान पत्नी सिर्जना सिंह र नेता कार्यकर्तासहित मन्दिर पुगेका सिंहलाई पुजारीले टीका लगाएर आर्शीवाद दिएका थिए ।

काठमाडौं क्षेत्र नं. १ मा सिंहले जित्दै आएका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका सिंहले यसपाली पनि चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

सिंहले यसपटक प्रतिनिधि सभा निर्वाचनमा पनि उनी काठमाडौं १ बाट उम्मेदवारी दिएका छन् ।

चुनावी प्रचारका क्रममा नेता सिंहसँग स्थानीय सडक मर्मत, खानेपानीको समस्यालगायतका विषयहरू पूरा गर्न आग्रह गरेका थिए ।

निर्वाचनमा प्रकाशमानले जित्दै आए पनि बाटो र खानेपानीको समस्या समाधान नभएको गुनासो अधिकांश मतदाताको थियो ।

विपक्षीहरूका कारणले कांग्रेसले काम गर्न नपाएको सिंहले जवाफ दिएका छन् । उनले धोबीखोला करिडोर केही बनेको र केही बन्ने क्रममा रहेको पनि मतदाता समक्ष भन्दै थिए ।

उनले सामुदायिक विद्यालयहरूमा भवन र कक्षा कोठा बनाएको, खानेपानीको बन्दोबस्त मिलाएको र पद्मकन्या सामुदायिक स्कुलमा नमूना छात्राबास बनाएको विषय भन्न छुटाउँदैनथे ।

त्यतिमात्रै होइन उनले सडकमा सोलार बत्ती जडान भएको विषयलाई पनि आफ्नो उपलब्धीको रुपमा ब्याख्या गरे ।

उनले नयाँ पार्टीहरुले केबल नारामात्र दिने तर काम गर्न नसक्ने मतदाता समक्ष गुनासो पोखे ।

हिन्दू धर्मको पक्षमा नेता सिंह रहेको कात्यानी मन्दिरमा पूजा गरेर प्रचार सुरु गर्नुले पन कांग्रेस अहिले पनि हिन्दू राष्ट्रको पक्षमा छ भन्ने देखाउँछ ।

Published : Monday, 2017 November 6, 12:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया