एमाले र माओवादीले जस्तो कांग्रेसले सताउन जान्दैन : राजु खनाल

घोराही । नेपाली कांग्रेसका नेता तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार लोकतन्त्रमा मात्रै सबैको पेशा, व्यवसायको ग्यारेन्टी हुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस दाङमा आवद्ध नेपाल नाई संघ र नेपाल अटो रिक्सा श्रमिक संघसंग घोराहीमा सोमबार भएको छलफल कार्यक्रमका नेता खनालले कांग्रेसले मात्रै सबैका अधिकार ज्ञारेन्टी गर्ने बताए । ‘कांग्रेसले पेशाको सुरक्षा गर्दछ’, उनले भने, ‘हामीले कसैलाई डर, त्रास देखाएर सताउन जान्दैनौँ ।’

उनले सबैलाई सम्मान व्यवहार गर्ने र भुटो प्रचार गर्न कांग्रेसले कहिल्यै नजानेको बताए । जनताको सुःख दुःखमा नेपाली कांग्रेसले सहयोग गर्ने गरेको खनालले बताएका छन् ।

देशमा विभिन्न समयमा भएका ठूला–ठूला समस्या समेत कांग्रेको नेतृत्वमा समाधान भएको उदाहरण दिँदै कांग्रेस नेता खनालले भने, ‘लोकतन्त्र, कांग्रेसको नेतृत्वमा बनेको संविधान र जनताका अधिकार रक्षा गर्न कम्युनिष्टहरूसँग संघर्ष गर्ने छौँ ।’

दाङ जिल्लामा कांग्रेसका सांसदहरूले नै विकास गरेको उनको भनाइ थियो । ‘दाङको सबै क्षत्रेबाट अघिल्लो पटकट कांग्रेसका सांसदहरू बनेका थिए’, उनले भने, ‘सबै सांसदहरूले आ–आफ्नो क्षेत्रमा विकासका योजना र कार्यक्रम ल्याएका छन् । कतिपय ठाउँमा काम पूरा भएका छन् । कतिपय ठाउँमा काम बनिरहेका छन् ।’

कांग्रेसको जित सुनिचित देखेर वामपन्थीहरू डराएको उनको भनाइ छ । ‘कांग्रेस कसैसँग डराउँदैन । एक्लै प्रतिस्पर्धा गर्ने क्षमता राख्छ’, कांग्रेस नेता खनालले भने, ‘कांग्रेसका सबै उम्मेदवारले दाङमा जित्छन् । जनताको माया पाउँछन् ।’

क्षेत्र नं. २ ‘क’ प्रदेश सभाका उम्मेदवार कमलकिशोर घिमिरेले कांग्रेसको नेतृव्वमा मात्र प्रजातन्त्रको रक्षा हुने बताए ।

प्रदेश सभाकी समानुपातिक उम्मेदवार सावित्रा राना, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापति भुपबहादुर डाँगी, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष गोविन्द्रप्रसाद न्यौपाने लगायतले कांग्रेसको जित भएपछि जिल्लाको विकास हुने अन्यथा कम्युनिष्टहरू हाबी हुने बताए ।

नेपाल नाई संघका अध्यक्ष इसराइल सलमानीले कांग्रेसका उम्मेदवारहरूको पक्षमा आफूहरू रहेको बताएका थिए ।

Published : Monday, 2017 November 6, 12:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया