नवलपरासीमा पनि कांग्रेसले बनायो प्रचार समिति

सुनवल । नेपाली कांग्रेस नवलपरासीले पार्टीका महासमिति सदस्य भीमबहादुर थापा क्षेत्रीको संयोजकत्वमा क्षेत्रीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार देवेन्द्रराज कँडेल र सोही क्षेत्रको प्रदेश नम्बर ‘१’ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार गुणनिधि तिवारीलाई जिताउनका लागि कांग्रेसले आइतबार समिति गठन गरेको हो ।

चुनाव प्रचार प्रसार समितिको कार्यालय सुनवल नगरपालिकामा रहने गरी पार्टीका महासमिति सदस्य भरत थापालाई संयोजक तोकिएको छ ।

सो क्षेत्रमा पर्ने साविकका गाविस र नगरपालिकाका ईकाई सभापतिहरूलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

पार्टीका जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति सदस्य, तरुणदलका जिल्ला सदस्य एवं क्षेत्रीय कार्यसमितिका पदधिकारी एवं सदस्य र साविक गाउँ नगर ईकाई समितिका वडा संयोजकहरू चुनाव प्रसार प्रसार समितिका सदस्य रहने छन् नेपाल तरुण दलका जिल्ला सदस्य यज्ञप्रसाद पौडेलले जानकारी दिए ।

Published : Sunday, 2017 November 5, 10:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया