एमालेका उम्मेदवार रानाले दिए पत्रकारलाई ‘ठेगान’ लगाउने धम्की
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/11/Balibhadra-Rana-Uml-Dang.jpg?resize=800%2C393)
काठमाडौं । नेकपा (एमाले)को ५ नं. प्रदेश सभाका लागि समानुपातिकतर्फका उम्मेदवार बलिभद्र रानाले आफूविरुद्ध समाचार लेख्ने पत्रकार र अनलाइनहरूविरुद्ध साईबर क्राइममा उजुरी हाल्ने धम्की दिएका छन् ।
एमालेका दाङका प्रभावशाली नेता रानाले सामाजिक सञ्जालमा आइतबार बिहान स्ट्याटस लेखेर साइबर क्राइमको मुद्दामा ठेगान लगाउने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘ती समाचार आफ्नो अनलाईनबाट यथाशीघ्र हटाईदिन आग्रह गर्दै आउँदा दिनमा यस्ता किसमका नियोजित र निराधार क्रियाकलाप नरोकिए साईबर क्राईमको मुद्दा दायर गर्न बाध्य हुनेछु ।’
‘समाचारका लागि आवश्यक पर्ने सामान्य तथ्य समेत पेश नगरी हावाको भरमा लेखिएका समाचार नियोजित र षडयन्त्रमुलक ढ्ङले लेखिएका छन्’, रानाले भनेका छन् । स्ट्याटसमा रानाले समानुपातिकको उम्मेदवार मात्रै लेखेका छन् । उनले एमाले भनेर कतै लेखेका छैनन् ।
नवप्रवेशी एमालेका नेता राना राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालका बेला घोराही नगरपालिकको मनोनीत मेयर बनेका थिए । ठेकेदार पृष्ठभूमिका राना केही हप्ता अगाडि मात्रै धुमधामसँग एमाले प्रवेश गरेका हुन् ।
दाङ एमालेभित्र होनहार र योगदान पुर्याएका नेताहरूलाई पाखा लगाएर नवप्रवेशी रानालाई जनजातिबाट प्रदेश सभामा १ नम्बरमा टिकट दिएको भन्दै आलोचना हुँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत