नवराज सिलवाललाई उनकै दुश्मनले दिए ‘टक्कर’, को हुन् दुश्मन ?

ललितपुर । नेपाल प्रहरीको पूर्व डीआईजी तथा एमालेका नेता नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उमेदवारी दिएका छन् ।

नेपाल प्रहरीको जागिरे रहेका बेला सिलवालले दुःख दिएका गुणबहादुर थापाले उनीविरुद्ध स्वतन्त्रमा उजुरी दिएका छन् । सिलवालले थापाको सामना गर्नुपर्ने भएको छ ।

ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसले युवा नेता तथा अर्थ राज्यमन्त्री उदयशम्शेर राणालाई टिकट दिएको छ ।

आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोपसहित जनताबाट न्याय पाउने आस गर्दै सिलवालपीडित थापाले उम्मेदवारी दिएको बताएका छन् ।

आफूलाई नै सिलवाललाई आईजीपी हुन नदिएको भन्दै थापाले अब अन्तिम न्याय जनताले दिने बताएका छन् । ‘प्रहरीमा हुँदा ज्यादती गरेर मलाई घर न घाटको बनाउने नवराज सिलवालले चुनाव जितेर सत्तामा आए के गर्दा होलान् ?’, थापाले प्रश्न गर्दै भने ।

प्रहरीको जागिरे हुँदा सिलवालले उनै थापालाई मिटर व्याजमा पैसा लगानी गरेर थापालाई नै दुःख दिएका थिए । त्यति मात्रै होइन थापालाई विभिन्न झुठ्ठा मुद्दा लगाएर शक्तिको आडमा लामो समय थुनाएका थिए ।

नवराज सिलवालबाट पीडित आफूलाई ललितपुरका जनताले न्याय दिने थापाले विश्वास लिएको बताएका छन् । उनले भने, ‘नवराज सिलवाल राम्रो व्यक्ति होइन । उनलाई ललितपुर क्षेत्र नं. १ का जनताले मतदान गर्नु हुँदैन ।’

पीडित थापाले स्वतन्त्र उम्मेदवारी दिएर सिलवालविरुद्ध प्रचार प्रसार थालेपछि एमाले र ‘सिलवाल’को सातो गएको छ ।

प्रहरीमा रहँदा आफ्ना सहकर्मीविरुद्ध समचार लेख्न लगाउने, उनीहरूको सुराकी गराउने, मिटर व्याजमा पैसा लगानी गरेर सर्वसाधारणको सम्पत्ति हडप्ने जस्ता थुप्रै गैरकानूनी काम गरेका सिलवालका यस्तै विवादास्पद कार्यशैलीका कारण आईजीपी बन्न सकेका थिएनन् ।

आईजीपी बनेपछि राजीनामा स्वीकृत नहुँदै सिलवाल एमालेमा प्रवेश गरेका थिए । उनलाई एमालेको संगठनमा योगदान गरेको भन्दा पनि निर्वाचन खर्च केपी ओलीलाई बुझाएका कारण ललितपुर १ बाट टिकट पाएको आरोप एमालेका कार्यकर्ताहरूको आरोप छ ।

पीडित थापाले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि सिलवाल तनावमा परेका छन् । थापाले मलाई हराउने भयो भनेर पीडा आफ्ना समर्थकहरूसँग सिलवालले गर्न लागेको एक नेताले बताए ।

सिलवालविरुद्ध निर्वाचन कार्यालय ललितपुरमा उजुरी समेत परेको छ । उनको उम्मेदवारी गैरकानूनी भएको भन्दै उजुरी परेको हो । सिलवाल अहिले तनावमा छन् ।

Published : Saturday, 2017 November 4, 8:32 am

2 प्रतिकृया प्राप्त “नवराज सिलवाललाई उनकै दुश्मनले दिए ‘टक्कर’, को हुन् दुश्मन ?”

  • बस्ताम एमलेले नवाराज शिलवाललाई टीकटदीयर पुरानयोगदनपुरयायउदैअईरहेका कार्यकर्तहरुको अपंमानगरेको छ

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया